Shikhar Insurance

हुण्डाई ‘एक्सटर’ सार्वजनिक: चाँडै बुकिङ खुला हुने

सिंहदरबार संवाददाता
२०८० भाद्र २७, बुधबार १५:३४
NIMB
Nabil Bank

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले भृकुटीमण्डपमा सञ्चालन भइरहेको नाडा अटो शोमा एसएक्स भेरिएन्ट एक्सटर एसयुभी सार्वजनिक गरेको छ।

अर्थमन्त्री प्रकाश शरण महतबाट अनावरण गरिएको एसएक्स भेरियन्टको हुण्डाइ एक्सटर एसयूभी चाँडै नै बुकिङ खुला गरेर बिक्री वितरण सुरु गरिने पनि कम्पनीले जनाएको छ। हुन्डाई एक्सटर पाँच सिटयुक्त एसयुभी हो। एक्सटर ई, एस, एसएक्स र एसएक्स ९०० गरी चार भेरिएन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

Citizen Life
Kumar Bank
Nepal Life

हुण्डाई एक्सटरमा आकर्षक ड्यासबोर्ड, उत्कृष्ट तरिकाले दिइएको एसी भेन्ट, डोर ट्रिम लेआउट, इन्फोटेन्मेन्ट स्कृन, क्लाइमेट कन्ट्रोल नब, थ्री स्पोक स्टेरिङ ह्वील र डिजिटल इन्ट्रुमेन्ट क्लष्टर पाउन सकिने कम्पनीले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

हुण्डाई एक्सटरमा क्रुज कन्ट्रोल, ६ वटा एयरब्याग, इलेक्ट्रीक शनरुफ, टायर प्रेसर मोनिटरिङ सिस्टम, रियर एसी भेन्ट, पुस स्टार्ट बटन, किलेस इन्ट्री जस्ता फिचरहरु दिएर फुल्ली लोडेड एसयूभी बनाइएको छ ।

बक्सी डिजाइनमा रहेको एक्सटरमा १.२ लिटर नेचेरल्ली एस्पीरेटेड इन्जिन, अलोय ह्वील, फ्यूचरिष्टीक डिजाइन, एच आकारमा आकर्षक डीआरएसएस दिइएको छ । यसैगरी यसमा १८५ एमएम ग्राउन्ड क्लेयरेन्स र १९.२ किलोमिटर प्रतिलिटर माइलेज पाउन सकिन्छ । कम्पनीले यसलाई ६ कलर अप्सनमा ल्याउने जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्