Shikhar Insurance

पुनर्वास नगरपालिकामा बिमासम्बन्धी अन्तरक्रिया कार्यक्रम

सिंहदरबार संवाददाता
२०८० भाद्र २८, बिहीबार १२:००
NIMB
Nabil Bank

काठमाडाैं । नेपाल बिमा प्राधिकरणको सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले कन्चनपुर जिल्लाको पुनर्वास नगरपालिकामा बिमा प्रवर्धनात्मक छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।

उक्त कार्यक्रममा प्राधिकरणका सहायक निर्देशक छविलाल लामिछानेले सहभागीहरूलाई बिमाको विकास तथा प्रवर्धन गरी बिमितको हित संरक्षण गर्ने सम्बन्धमा प्रतिबद्ध रहेको बताए। तत्पश्चात प्राधिकरणले बिमाको विकासका लागि गरिरहेको गतिविधि तथा बिमाका माध्यमबाट नागरिकको जीवन र सम्पत्तिको सुरक्षा गर्ने सम्बन्धमा स्थानीय सरकारले बिमासम्बन्धी नीति निर्माण गरी सामाजिक सुरक्षा तथा विपदको व्यवस्थापन गर्न सक्ने मोडालिटीका सम्बन्धमा कार्यक्रमका सभापति उपनिर्देशक पण्डितले बताए।

Citizen Life
Kumar Bank
Nepal Life

साे छलफलमा सहभागीहरुले भारतीय बिमा कम्पनीले सीमावर्ती क्षेत्रमा गरिरहेको बिमा व्यवसायको सम्बन्धमा जिज्ञाशा राखेका थिए । त्यस्तै कृषि बिमा गर्नका लागि बिमक सम्पर्कमा नरहेको, दाबी भुक्तानी प्रक्रिया झन्जटिलो भएको र स्थानीय स्तरमा संधीय सरकार तथा प्रदेश सरकारले प्रदान गर्ने गरेको अनुदानकाबारे जानकारी नरहेको धारणा सहभागीहरुले राखेका थिए।

सहभागीहरुले सीमा पारी दुधवा राष्ट्रिय निकुन्जबाट आउने जङ्गली हात्तीलगायतका जनावरले गर्ने नोक्सानीको रक्षावरण गर्न, सुकुम्वासी तथा न्यूनआय भएका नागरिकको नगरपालिकाले बिमासम्बन्धी कार्यक्रम बनाई लागू गर्नुपर्ने विषयमा नगरपालिकाको ध्यानाकर्षणसमेत गराएका थिए ।

नगरपालिकाका उपप्रमुख भुलिया कुमारी रानाले प्राधिकरणले प्रादेशिक स्तरमा कार्यालय स्थापना गरेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा सर्वसाधारणलाई पर्न्ने समस्या समाधान गर्न सहज हुने धारणा राखेकी थिइन् त्यस्तै कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख तोयप्रसाद शर्माले कृषि बिमामा संघीय सरकार र प्रदेश सरकारले प्रदान गरेको अनुदानपश्चात कृषकले लगभग सित्तैमा बिमा सुविधा प्राप्त गर्ने अवसर हुँदाहुँदै नगर क्षेत्रमा रहेका कृषकले जानकारीको अभावमा उक्त अनुदानबाट लाभ लिन नसकेकोमा दुःख व्यक्त गरे ।

आगामी दिनमा नगरपालिकाको कृषि तथा पशु सेवा शाखाले सो विषयमा सहजीकरण गर्ने बताए। साथै नगरपालिकाले आगामी दिनमा नीति तथा कार्यक्रम बनाउँदा प्राधिकरणसंग प्राविधिक सहयोग लिई बिमासम्बन्धी कार्यक्रम समावेश गरिने बताए।

प्राधिकरणको प्रादेशिक कार्यालय प्रमुख उपनिर्देशक हृदयश्वर पण्डितको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि पुनर्वास नगरपालिकाका नगरप्रमुख तोयप्रसाद शर्मा, विशेष अतिथि नगरपालिका उपप्रमुख भुलिया कुमारी राना, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगरसभा सदस्यहरु, कृषि तथा पशु सेवा शाखाका कर्मचारी, पत्रकार, कृषक, उद्दोग वाणिज्य संघका प्रतिनिधि, समाजसेवी गरी पन्चानब्बे जनाको उपस्थिति थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्