Shikhar Insurance

विश्वव्यापी ऋण अझै महामारीअघिको स्तरभन्दा माथिः आईएमएफ

सिंहदरबार संवाददाता
२०८० भाद्र २८, बिहीबार १३:४४
NIMB
Nabil Bank

वासिङ्टन । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले गत वर्ष आर्थिक उत्पादनको अनुपातमा गिरावट आए पनि विश्वव्यापी ऋणको भार महामारीअघिको भन्दा निकै माथि रहेको जनाएको छ ।

आईएमएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सार्वजनिक र निजी दुवै ऋणसहित कुल ऋण गत वर्ष विश्वको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को २३८ प्रतिशत रहेको छ, जुन सन् २०१९ को तुलनामा नौ प्रतिशत बढी हो ।

Citizen Life
Kumar Bank
Nepal Life

आईएमएफले उच्च सार्वजनिक ऋण हुनुलाई विश्वव्यापी विकासमा देखिएको सुस्ततालाई जिम्मेवार ठहर्याएको छ, जुन निजी ऋणको तुलनामा सुस्त दरमा घटिरहेको छ ।

आईएमएफले भनेको छ, “वित्तीय घाटाले सार्वजनिक ऋणको स्तरलाई उच्च राखेको छ, किनभने धेरै सरकारहरूले वृद्धिलाई बढावा दिन र महामारीसँग सम्बन्धित वित्तीय समर्थन समाप्त भए तापनि खाद्य र ऊर्जाको मूल्य वृद्धि रोक्न बढी खर्च गरेका छन्।”

यसले सरकारहरूलाई निजी ऋणको ‘सतर्क निगरानी’ र सार्वजनिक ऋण स्थिरता व्यवस्थापन गर्न ‘विश्वसनीय’ वित्तीय ढाँचाहरू सिर्जना गरेर ऋणको कमजोरी कम गर्न ‘तत्काल कदम’ चाल्न आह्वान गरेको छ । महामारीको समयमा ऋणको स्तर बढे पनि सार्वजनिक र निजी क्षेत्र दशकौंदेखि बढ्दै गएका छन् ।

आईएमएफका अनुसार यो वृद्धिको ठूलो हिस्साका लागि चीन जिम्मेवार छ, हालका वर्षहरूमा कुल गार्हस्थ उत्पादन प्रतिशतको रूपमा उसको ऋण तीव्र रूपमा बढेको छ र संयुक्त राज्य अमेरिकाको समान स्तरमा पुगेको छ ।

न्यून आय भएका देशहरूमा ऋण पनि बढ्दै गएको छ, जसले ‘चुनौती र कमजोरी’ हरू सिर्जना गरेको छ । यसमा कम आय भएका विकासशील देशहरूको आधाभन्दा बढीमा ऋण सङ्कटको उच्च जोखिम पनि समावेश छ ।

आईएमएफले भनेको छ, “ऋणको बोझ कम गर्नाले वित्तीय रिक्तता सिर्जना हुनेछ र नयाँ लगानीलाई अनुमति दिनेछ । यसले आगामी वर्षहरूमा आर्थिक वृद्धिलाई बढावा दिन मद्दत गर्नेछ। एएफपी

GBIME

प्रतिक्रिया दिनुहोस्