Shikhar Insurance

प्राधिकरणद्वारा उद्योगहरुलाई डेडिकेटेड/ट्रंक लाइन बक्यौता महसुल तिर्ने समय एक महिना थप

सिंहदरबार संवाददाता
२०८० भाद्र २९, शुक्रबार ११:४५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उद्योगहरुलाई डेडिकेटेड/ट्रंक लाइन बक्यौता महसुल तिर्न एक महिनाको समय थप गरेको छ ।

प्राधिकरणले आज शुक्रबार सार्वजनिक सूचना प्रकाशित गरी डेडिकेटेड र ट्रंक लाइन प्रयोगबाट विद्युत उपभोग गरेका उद्योगीलाई बक्यौता महसुल भुक्तानी असोज ३० गतेसम्मको म्याद दिइएको हो।

Citizen Life
Kumar Bank
Nepal Life

प्राधिकरणले यसअघि भदौ १७ गते सार्वजनिक सूचना जारी गर्दै उद्योगीहरुलाई त्यसबापतको बक्यौता तिर्न तोकेता गरेको थियो ।

सार्वजनिक सूचनामार्फत १५ दिनभित्र महसुल बुझाउनुपर्ने उल्लेख गरेको थियो । तर, तोकिएको समयसीमा अपर्याप्त भएको भन्ने उपभोक्ताको मागलाई ध्यानमा राख्दै म्याद थप गरिएको प्राधिकरणले जनाएको छ। उपभोक्ताहरुले बक्यौता नतिरे लाइन काट्ने लगायतका कारबही गर्ने प्राधिकरणले चेतावनीसमेत दिएको थियो ।

डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेबापत उद्योगीहरुले १९ अर्ब ९५ करोड रुपैयाँ महसुल तिर्न बाँकी छ । जुन, रकम प्राधिकरणले उद्योगहरुबाट असुल गर्नपर्ने भनेर महालेखा परीक्षणले आफ्नो प्रतिवेदनमा निरन्तर उल्लेख गर्दै आएको छ ।

प्राधिकरणले २०७२ साउनदेखि २०७२ पुससम्मको ९७ करोड ४३ लाख, २०७२ माघदेखि २०७५ वैशाखसम्मको अर्थात् लोडसेडिङको अन्त्य हुनु अघिसम्मको ६ अर्ब ४१ लाख, २०७५ जेठदेखि २०७७ जेठसम्मको अर्थात् लोडसेडिङ अन्त्यपछिको अवधिको ८ अर्ब ४४ करोड ९६ लाख गरी १५ अर्ब ४२ करोड ८० लाख रुपैयाँ बक्यौता रहेको जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्