Shikhar Insurance

आईएमएफद्वारा श्रीलंकाको आर्थिक सहायता पुनरावलोकन, कोलम्बोलाई थप रकम उपलब्ध गराइने

सिंहदरबार संवाददाता
२०८० भाद्र २९, शुक्रबार १३:३८
NIMB
Nabil Bank

काेलम्बाे । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले श्रीलंकाको सबैभन्दा खराब आर्थिक सङ्कटपछि सुरु गरिएको कर्जा लगानी (बेलआउट) कार्यक्रमको बिहीबार समीक्षा सुरु गरेको छ । कोलम्बोका अधिकारीहरूले थप ३३ करोड अमेरिकी डलरको कोष प्राप्त गर्ने आशा व्यक्त गरेका छन् ।

गत वर्षको आर्थिक मन्दीका कारण खाद्यान्न, इन्धन र औषधिको चरम अभाव हुनुका साथै महिनौंदेखि जारी नागरिक अशान्तिका कारण तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेलाई अपदस्थ गरिएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

वित्तीय एजेन्सीले मार्चमा प्रदान गरिएको २.९ अर्ब अमेरिकी डलरको चार वर्षे कर्जा लगानी कार्यक्रमको समीक्षा गरिरहेको छ। श्रीलंकाका अर्थमन्त्री रञ्जित स्याम्बालापिटियाले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ३३ करोड अमेरिकी डलरको दोस्रो किस्ता पाउनेमा आफू निकै आशावादी रहेको बताएका छन् ।

श्रीलंकाको अन्तर्राष्ट्रिय सार्वभौम ऋणपत्रको पुनर्संरचनाका लागि कोलम्बोले अझै पनि आफ्ना निजी ऋणदाताहरूसँग छलफल गरिरहेको छ । द्विपक्षीय ऋणदाताहरूसँग पनि छलफल भइरहेको छ ।

द्वीपको द्विपक्षीय ऋणको ५० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको चीनले ऋण पुनर्संरचनामा आफ्नो स्थिति सार्वजनिक गरेको छैन, तर कोलम्बोलाई सहयोग गर्न सहमत भएको छ ।

आईएमएफले गत जुनमा श्रीलंकाको अर्थतन्त्रमा ‘सुधारका अस्थायी सङ्केतहरू’ देखापरेको तर पुनरुत्थान चुनौतीपूर्ण रहेको र कोलम्बोले कडा सुधार कार्यक्रमहरू अघि बढाउनुपर्ने बताएको थियो।

श्रीलंकाले राज्यको राजस्व बढाउन र अत्यावश्यक आयातका लागि आवश्यक भण्डार निर्माण गर्न कर वृद्धि गर्नुका साथै ऊर्जा अनुदान पनि हटाएको छ । एएफपी

GBIME

प्रतिक्रिया दिनुहोस्