Shikhar Insurance

अमेरिकामा तलब वृद्धिको माग गर्दै १३ हजार मजदुर हडतालमा

सिंहदरबार संवाददाता
२०८० भाद्र २९, शुक्रबार १८:०३
NIMB
Nabil Bank

(संयुक्त राज्य अमेरिका) । अमेरिकामा तलब वृद्धिको माग गर्दै करिब १३ हजार कामदार सवारीसाधन बनाउन छाडेर हडतालमा उत्रिएका छन्। आफ्नातर्फबाट वार्तामा बसेका प्रतिनिधिले व्यवस्थापन पक्षसँगको वार्तामा माग पूरा गराउन नसकेपछि उनीहरू हडतालमा उत्रिएका हुन्।

युनाइटेड अटो वर्कर्स युनियनका सदस्यहरूले मिसौरीको वेन्ट्जभिलमा रहेको जनरल मोटर्सको एसेम्बली प्लान्ट, डेट्रोइट नजिकैको मिशिगनको वेनमा रहेको फोर्ड कारखाना र ओहायोको टोलेडोमा रहेको स्टेलान्टिस जिप कारखानामा काम ठप्प पारेका छन् । मजदुहरूको सेवा सुविधासम्बन्धी चारवर्षे सम्झौता गत मध्यरातपछि समाप्त भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

कर्मचारी युनियनको ८८ वर्षको इतिहासमा यति धेरै मजदुरले काम छाडेर हडताल गरेको यो पहिलोपटक हो । हडताल लम्बिएमा सवारी साधनको अभाव हुने र मूल्य बढ्न सक्ने चेतावनी व्यापारीहरूले दिएका छन् । तीनवटै कम्पनीमा मजदुर एकैसाथ आन्दोलनमा उत्रिँदा अटो उद्योगमा समस्या हुने उनीहरूले बताएका छन् ।

राष्ट्रपति जो बिडेनलाई अमेरिकी इतिहासमा सबैभन्दा युनियन–मैत्री भनिए पनि मजदुरका माग सम्बोधन नभएकाले आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनमा त्यसले प्रभाव पार्ने ठानिएको छ । विश्वभरका कामदारले अटो मजदुरहरूको यो आन्दोलनलाई नजिकबाट नियाली रहेका छन् । एपी

GBIME

प्रतिक्रिया दिनुहोस्