Shikhar Insurance

नेको इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने, बुक क्लोज कहिले ?

सिंहदरबार संवाददाता
२०८० भाद्र ३१, आईतवार १०:१०
NIMB
Nabil Bank

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । बीमा प्राधिकरणको स्वीकृति पछि कम्पनीले २५ प्रतिशत हकप्रद जारी गर्न लागेको हो । कम्पनीले हकप्रद सेयर जारीसहितका प्रस्ताव पास गर्न असोज १९ गते बिशेष साधारण सभा बोलाएको छ ।

कम्पनीको हकप्रद सेयरका लागि असोज १० गते बुक क्लोजको मिति तोकिएको छ । बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी २ अर्ब ५० करोड पुर्याउनुपर्ने व्यवस्था गरेपछि कम्पनीले २५ प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

 

GBIME

प्रतिक्रिया दिनुहोस्