Shikhar Insurance

बिमा सर्भेयरको अनलाइन परीक्षा सञ्चालन

सिंहदरबार संवाददाता
२०८० आश्विन २, मंगलवार १३:४९
NIMB
Nabil Bank

काठमाडौं । नेपाल बिमा प्राधिकरणले बिमा सर्भेयर (बिमा मध्यस्थकर्ता) को अनलाइन परीक्षा सञ्चालनमा ल्याएको छ । बिमा ऐन, २०७९ मा भएको ‘बिमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नुअघि तोकिए बमोजिमको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ’ भन्ने व्यवस्थाबमोजिम प्राधिकरणले पहिलोपटक बिमा सर्भेयरको अनलाइन परीक्षा सञ्चालन गरेको हो ।

नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा बिमा सर्भेयरको अनलाइन परीक्षा सञ्चालनको शुभारम्भ गरेका हुन् । अध्यक्ष सिलवालले प्राधिकरणबाट सञ्चालित परीक्षामा सफल भई इजाजत प्राप्त गर्ने बिमा सर्भेयरहरुको कार्य गुणस्तरयुक्त एवम् प्रभावकारी हुने र त्यसबाट बिमा दाबी भुक्तानीमा समेत सहजता हुने विश्वास व्यक्त गरेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

प्राधिकरणको केन्द्रीय कार्यालयबाट सञ्चालित परीक्षामा भागलिन प्राधिकणबाट यसअघि आयोजित बिमा सर्भेयर तालिममा सहभागी भएका तर इजाजत नलिएका सर्भेयरहरुमध्ये ३९ जनाले अनलाइन आवेदन दिएका थिए । तीमध्ये २८ जनाले आज सञ्चालित बिमा सर्भेयरको अनलाइन परीक्षामा अनलाइन समिट गरेका थिए ।

सर्भेयरको अनलाइन परीक्षाको रिजल्ट सात दिनभित्र प्रकाशन गरिनेछ र परीक्षामा उत्तीर्ण भएकाहरुलाई बिमा सर्भेयरको इजाजत प्रदान गरिनेछ । अनलाइन परीक्षा सञ्चालनको शुभारम्भ कार्यक्रममा नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक कमलप्रसाद रेग्मी, निर्देशक सुशील देव सुवेदी, निर्देशक पूजन ढुङ्गेल (अधिकारी) र निर्देशक दिनेशकुमार लालको उपस्थिति थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्