Shikhar Insurance

हुलाकी राजमार्गको काम ५० प्रतिशत मात्रै

सिंहदरबार संवाददाता
२०८० आश्विन ३, बुधबार १२:१८
NIMB
Nabil Bank

चितवन । हुलाकी राजमार्गअन्तर्गत भरतपुरको हाकिमचोकदेखि पकौडीसम्मको सडक फराकिलो गर्ने काम ५० प्रतिशत मात्रै सम्पन्न भएको छ । दुई वर्षमा सम्पन्न गर्नुपर्ने सडकको काम तीन वर्ष बितिसक्दा आधा मात्रै भएको हो ।

डिभिजन सडक कार्यालय भरतपुरका इञ्जिनियर सागर कार्कीका अनुसार विसं २०७७ जेठ २९ गते दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी लामा शिवशक्ति जेभीले ठेक्का सम्झौता गरेको थियो । २९ करोड रूपैयाँको लागतमा निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले निर्माणका लागि दुईपटक समय थप गरेको उनले जानकारी दिए। निर्माणको समय थपिएसँगै संशोधित निर्माण लागत ३० करोड ७३ लाख रूपैयाँ पुगेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

पहिलो पटक विसं २०८० जेठ मसान्तसम्म समय थप गरिएकामा दोस्रो पटक विसं २०८१ जेठ मसान्तसम्म समय थप गरिएको छ । करिब १३.५ किलोमिटर लामो सो सडकको बीच भागमा पाँच मिटर फराकिलो कालोपत्र छ । सडकको दुवैतर्फ २.५ मिटरका दरले सडक कालोपत्र गरिँदै छ । सडक सम्पन्न हुँदै गर्दा १० मिटर कालोपत्र हुँदैछ । हालसम्म आठ किलोमिटर सडक कालोपत्रको काम सम्पन्न भएको छ ।

उनले भने, “बाँकी सडक निर्माणका लागि अहिले बिजुलीको खम्बा र चौतारा हटाउने कार्य भइरहेको छ ।” अहिले हाकिमचोकदेखि सीताराम चोकसम्मको खम्बा हटाउने कार्य भइरहेको उहाँले जानकारी दिए । उनले थपे, “सडकमा भएका अवरोधका कारण काममा ढिलाइ भएको हो।”

हुलाकी सडक निर्देशनालयले बोलपत्र आह्वान गरी सम्झौता गरेसँगै फिल्डको जिम्मा डिभिजन सडक कार्यालयलाई दिएको हो । सडकको क्षेत्राधिकार ५० मिटर फराकिलो भए पनि आवश्यकताअनुसार चौडाइ थप्दै लगिने कार्कीले जानकारी दिए।

सडकको पाँच किलोमिटर सहरी क्षेत्रमा नालासमेत बनाइँदैछ । यस्तै हाकिमचोकदेखि क्यान्सर गेटसम्म फुटपाथसमेत बनाउने गरी ठेक्का दिइएको हो । यो सडक चितवन राष्ट्रिय निकुञ्ज, माडी हुँदै पर्साको ठोरीमा पुगेर भारतीय सीमामा जोडिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्