Shikhar Insurance

माइडियाको दसैं–तिहार २०८० अफर, वासिङ मेसिनको खरिदमा ६ केजी एरिअल प्याक

सिंहदरबार संवाददाता
२०८० आश्विन ५, शुक्रबार १७:२८
NIMB
Nabil Bank

काठमाडौं । नेपालमा माइडिया ब्राण्डका घरायसी सामग्रीहरूका लागि आधिकारिक वितरक, चौधरी ग्रुपले यसपालिको दसैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ । माइडिया ब्रान्डले एयर ट्रिटमेन्ट (कमर्सियल र आवासीय वातानुकूलित समाधान), रेफ्रिजरेसन, वासिङ मेसिन, लार्ज किचेन र खाना पकाउने उपकरण, साना भान्साका उपकरणहरू, पानीका उपकरणहरू, भुइँसम्बन्धी हेरचाह र लाइटिङ्गमा विशेषज्ञता हासिल गरी घरेलु उपकरण उद्योगमा विश्वको सबैभन्दा व्यापक उत्पादनको विविधताहरू प्रदान गर्दै आएको छ ।

नेपालमा घरायसी सामग्रीहरूका बजारमा ग्राहकवर्गले असाध्यै रुचाएको माइडिया ब्रान्डले नेपालको सबैभन्दा ठूलो उत्सव दसैं र तिहारलाई लक्षित गर्दै “माइडियाको उत्सव र उमङ, उपहारसँग सबै दङ्ग” भन्ने नारासहित जारी गरेको यस अफरअन्तर्गत माइडियाको ६, ७ र ८ केजी १०० सिरिजका वासिङ्ग मेसिनको खरिदमा ६ केजी एरिअल प्याक, ८ केजी भन्दामाथिका २०० सिरिजका वासिङ मेसिनको खरिद मा माइडियाको इन्डकसन कुकटप (१६०० वाट), डबल डोर रेफ्रिजेरेटरको खरिदमा आइरन, साइड बाइ साइड तथा मल्टी डोर रेफ्रिजेरेटरको खरिदमा माइडियाको इन्डकसन कुकटप (२००० वाट) साथै माइक्रोवेभ ओभनको खरिदमा कुकिङ किट उपहार रहेको छ । यो ग्राहक योजना भदौ २८ देखि नेपालभरि सीमित अवधिका लागि लागू गरिएको छ । यो चाड पर्व मनाऔं रमेर माइडियाको साथमा ।

Citizen Life
Kumar Bank
Nepal Life

माइडिया ब्रान्ड माइडिया ग्रुपअन्तर्गतको घरेलु उपकरण व्यवसाय भित्रका १० भन्दा बढी ब्राण्डहरुमध्ये एक हो । माइडिया ग्रुप एक अग्रणी विश्वव्यापी उच्चप्रविधि कम्पनी हो, जुन २०२१ को ग्लोबल फर्च्युन ५०० मा २८८ स्थानमा रहन सफल भयो ।

माइडिया ग्रुपको व्यापार घरेलु उपकरणहरूभन्दा बाहिर छ जसमध्ये एचभीएसी, रोबोटिक्स र अटोमेसन, स्मार्ट होम र आईओटी, साथै स्मार्ट लजिस्टिक र कम्पोनेन्टहरू जस्ता व्यापार स्तम्भहरू पनि समावेश गर्दछ । माइडिया ग्रुपका सबै व्यवसायहरुको एउटै क्रेडो #Humanizing Technology का लागि प्रयासरत छ । नेपालमा सन् २०२१ देखि चौधरी ग्रुपले माइडिया ब्रान्डका उत्पादनहरू आफ्नो च्यानल र आउटलेटहरूमार्फत देशभर वितरण गर्दै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्