Shikhar Insurance

केन्ट आरओको दसैं-तिहार अफर सार्वजनिक

सिंहदरबार संवाददाता
२०८० आश्विन ७, आईतवार १८:१४
NIMB
Nabil Bank

काठमाडौं । नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक ईओएलले दशैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ ।

भारत र नेपालमा पानी शुद्धीकरणका बजारमा ग्राहकवर्गले रुचाएको केन्ट आरओले नेपालको सबैभन्दा ठूलो उत्सव दशैं र तिहारलाई लक्षित गर्दै “यो दशैंतिहार, केन्टसँग स्वास्थ्य र शुद्धता अँगालौं” भन्ने नारासहित यस अफर ल्याएको हो ।
त्यसअन्तर्गत केन्टको कुनै पनि आर।ओ।मोडलको खरिदमा सि। जी। ब्रान्डको भ्याकुम फ्लास्क उपहार स्वरूप प्रदान गरिएको छ । यो ग्राहक योजना भदाै २८ देखि सम्पूर्ण नेपालमा सीमित अवधिको लागि लागू गरिएको कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

केन्टका उत्पादनहरू स्वास्थ्य र स्वच्छताको लागि परिचित छन् । केन्ट ब्राण्डका अन्य वाटर प्यूरिफायर, एयर प्यूरिफायर, भ्याकुम क्लिनर, कीटाणुनाशक उपकरणहरू÷डिसइन्फेक्टेन्टहरू र स्मार्ट किचन उपकरणहरू पनि सर्वत्र बजारमा उपलब्ध छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्