Shikhar Insurance

गभर्नर-धितोपत्र बोर्ड अध्यक्ष भेट: सेयर धितो कर्जा सीमा २० करोड बनाउने छलफल

सिंहदरबार संवाददाता
२०८० आश्विन ८, सोमबार १६:४६
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालबीच भेट भएको छ ।

राष्ट्र बैंक केन्द्रीय कार्यालय बालुवाटारमा उनीहरूबीच भेट भएको हो । भेटमा पुँजी बजारको दिगो विकास, प्राइभेट इक्विटी र भेन्चर क्यापिटलको विकासबारे छलफल भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

भेटमा बोर्ड अध्यक्ष हमालले सेयर धितो कर्जाको सीमा १२ करोडबाट वृद्धि गरेर २० करोड बनाउन आग्रह गरेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्