Shikhar Insurance

सरकारले दसैंका लागि ३ हजार खसी–बोका र च्यांग्रा ल्याउने

सिंहदरबार संवाददाता
२०८० आश्विन ९, मंगलवार १४:३२
NIMB
Nabil Bank

काठमाडाैं । सरकारी स्वामित्वको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैंलाई लक्षित गरेर काठमाडौं उपत्यकाका लागि ३ हजार खसी–बोका र च्यांग्रा ल्याउने तयारी गरेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले विभिन्न जिल्लाबाट २ हजार खसी–बोका र १ हजार च्यांग्रा ल्याउने कम्पनीले बताएकाे छ। यो वर्ष ५ सय संख्या बढाएर ल्याउन लागिएको छ। गत वर्ष कोभिडले गर्दा २ हजार ५ सय खसी–बोका र च्यांग्रा ल्याएकाे खाद्य व्यवस्थानले जनाएकाे छ ।

Citizen Life
Kumar Bank
Nepal Life

खाद्य व्यवस्थाले दसैंका लागि सो परिमाणको खसी–बोका र च्यांग्रा ल्याउन ८ करोड ३३ लाख बजेट छुट्याइएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्