Shikhar Insurance

नविकरण शुल्क समयमै बुझाउन नेप्सेको आग्रह, शुल्क नतिरे कारोबार स्थगन गर्ने चेतावनी

सिंहदरबार संवाददाता
२०८० आश्विन ९, मंगलवार १६:१४
NIMB
Nabil Bank

काठमाडौं । नेपाल स्टक एकसचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीहरुलाई वार्षिक नवीकरण शुल्क समयमै बुझाउन अनुरोध गरेको छ। मंगलबार एक सूचना जारी गर्दै नेप्सेले नविकरण शुल्क समयमा नै नबुझाए सूचीकरण स्थगन गर्न सकिने चेतावनी पनि दिएको छ ।

नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को अनुसूची ३ (क) र (ख) मा भएको व्यवस्था बमोजिम आर्थिक वर्ष ०८०/८१ को धितोपत्रको वार्षिक नवीकरण शुल्क बुझाउने समय असोज मसान्तसम्म रहेको उल्लेख गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

उक्त वार्षिक नवीकरण शुल्क बुझाउन बाँकी कम्पनीहरुले धितोपत्रको हकमा ५० करोड रुपैयाँसम्म चुक्ता पूँजी हुनेले ५० हजार रुपैयाँ वार्षिक शुल्क बुझाउन पर्नेछ । ५० करोड रुपैयाँ भन्दा माथि चुक्ता पूँजी हुनेले भने एक लाख रुपैयाँ वार्षिक शुल्क बुझाउनपर्ने नेप्सेले उक्त सूचनामा उल्लेख गरेको छ ।

यस्तै, डिवेन्चर वा म्युचुअल फण्डको वार्षिक नवीकरण शुल्क ५० करोड रुपैयाँसम्मको चुक्ता पूँजी हुनेलाई २५ हजार रुपैयाँ र ५० करोड भन्दा माथि हुनेको हकमा ५० हजार रुपैयाँ वार्षिक शुल्क लाग्ने भएको छ ।

नेप्सेले तोकिएका समयमा नवीकरण शुल्क नबुझाएमा नवीकरण शुल्कको वार्षिक १० प्रतिशतका दरले जरिवाना लाग्ने र यसका साथै समयमा नविकरण नगरे धितोपत्र सूचीकरण विनियामावली, २०७५को विनियम १६ अनुसार सूचीकरण स्थगन गर्ने चेतावनी पनि नेप्सेले दिएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्