Shikhar Insurance

सनराइज क्यापिटले ३० प्रतिशत नगद लाभांश दिने

सिंहदरबार संवाददाता
२०८० आश्विन १०, बुधबार १७:५३
NIMB
Nabil Bank

काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले ३० प्रतिशत नगद लाभांश पारित गर्दै १३ औं वार्षिक साधारणसभा बुधबार सम्पन्न गरेको छ ।

वार्षिक साधारणसभामा प्रस्तुत भएका सामान्य प्रस्तावहरुमा आव २०७९/८० को वार्षिक प्रतिवेदन, सोही अवधिको असार मसान्तको बासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण प्रस्ताव पारित गरियो तथा आव २०८०/८१ को लेखापरीक्षण कार्य सम्पन्न गर्न लेखापरीक्षकको नियुक्ति विशेष साधारणसभाबाट गर्ने निर्णय गरियो ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, आव २०७९/८० को मुनाफाबाट आफ्ना सेयरहोल्डरहरुलाई ३० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरियो । सनराइज क्यापिटलले विगत ६ वर्षमा १५० प्रतिशत नगद लाभांश वितरण गर्न सफल भएको छ ।

कम्पनीले वर्तमान समयमा आफ्नो इन्भेष्टमेन्ट बैंकिङअन्तर्गत सेवा विस्तारलाई बलियो र गुणस्तर बनाउँदै गएकोमा हालको मिति सम्म ३११ करोड बराबरको तीनवटा म्युचुअल फण्ड संचालन गर्दै आइरहेको र उक्त म्युचुअल फन्ड मध्य सनराइज फस्र्ट म्युचुअलले आफ्ना चौथौ सञ्चालन वर्ष सम्म ८५ प्रतिशत (करसहित) नगद लाभांश लगानीकर्तालाई वितरण गरिसकेको छ।

साथै, यस कम्पनीले पोर्टफोलियो व्यवस्थापन सेवाअन्तर्गत २ सयभन्दा बढी ग्राहकको ५० करोडभन्दा बढीको पोर्टफोलियो व्यवस्थापन गर्दै उक्त ग्राहकहरुको लागानी उद्देश्य पूरा गर्न सक्षम व्यवस्थापकको रुपमा स्थापित भएको छ ।

उक्त वार्षिक साधारणसभामा विशेष प्रस्तावका रुपमा रहेको सन्राईज क्यापिटल लिमिटेड र लक्ष्मी क्यापिटल लिमिटेड एक आपसमा गाभ्ने गाभिनेसम्बन्धमा सम्पूर्ण प्रक्रिया पूरा गर्न कम्पनीको सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय गरियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्