Shikhar Insurance

४८ ठाउँमा सुपथ मूल्य पसल आजबाट, बजारमा भन्दा कति सस्तो छ ?

सिंहदरबार संवाददाता
२०८० आश्विन २१, आईतवार ०८:१२
NIMB
Nabil Bank

काठमाडौं । सरकारले आजदेखि दसैँ, तिहार, छठलगायत चाडपर्व लक्षित गर्दै सुपथ मूल्य पसल सञ्चालन गर्दैछ । काठमाडौं उपत्यकासहित देशका ४२ जिल्लामा ४८ वटा सुपथ मूल्य पसल सञ्चालनमा आउनेछन् । सरकारले बजार मूल्य भन्दा सस्तोमा चाडबाड लक्षित उपभोग्य वस्तुहरु बिक्रि गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको सहकार्य मार्फत सहुलियत मूल्य पसल सञ्चालन गर्न गर्दै आईरहेको छ ।

मंसिर ३ गतेसम्म सञ्चालन हुने सुपथ मूल्य पसल काठमाडौं उपत्यकामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानका बिक्री केन्द्र र तीनवटा घुम्ती पसल गरी ३५ स्थानमा रहनेछ ।  खाद्य व्यापार कम्पनीले ४२ जिल्लाका ४८ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

उपत्यकाभित्र रामशाहपथ, थापाथली, नख्खु र भक्तपुरको सूर्यविनायक तथा विभिन्न जिल्लामा रहेका बिक्री कक्षबाट सहुलियत दरमा खाद्यान्न उपलब्ध हुनेछन् । खाद्य व्यापार कम्पनीले अनलाइनबाट पनि सहुलियत मूल्यमा खाद्यान्न बिक्री गर्ने जनाएको छ ।

साल्ट्र ट्रेडिङले काठमाडौं उपत्यकाको सतुंगल, कालीमाटी, पाटन, जडीबुटी, कौशलटार, भक्तपुर र सिफलसहित देशका कार्यालयमा सहुलियत पसल सञ्चालन गर्दै छ ।  उपभोक्ताले सबै किसिमका चामल, दाल, गहुँ, आटा, पीठो र सबै प्रकारका तेल किन्न पाउने छन् । कर्णालीको सिमी, फापर, चिनो, कागुनो र खसीबोका समेत बिक्री वितरण हुनेछन् । उपभोग्य यस्ता सामग्रीमा किलो वा लिटरमा ७ देखि १० रुपैयाँसम्म छुट पाउनेछन् ।

साल्ट ट्रेडिङले चिनी प्रतिकिलो ९७ रुपैयाँमा बिक्री गर्नेछ । त्यसैगरी नुनमा प्रतिकिलो दुई र तेल तथा चिउरामा प्रतिकिलो सात रुपैयाँ छुट दिने जनाएको छ । दुग्ध विकास संस्थानले घिउमा प्रतिकिलो २०, पनिरमा प्रतिदुई सय ग्राममा २० रुपैयाँ छुट दिनेछ ।

कहाँ कहाँ लाग्दैछन् सुपथ मूल्य पसल ?
काठमाडौंसहित ललितपुर, सिरहा, जनकपुर, पर्सा, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम–पूर्व, भक्तपुर, मोरङ, झापा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुंगा, खोटाङ र रुकुम–पश्चिममा पनि सुपथ पसल सञ्चालन हुनेछन् ।

त्यस्तै, कैलाली, डडेल्धुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगर, रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुनेछ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्