Shikhar Insurance

इजरायल–प्यालेस्टाइन संघर्षमा पाँच सय जनाको मृत्यु, कस्तो छ नेपालीहरुको अवस्था ?

सिंहदरबार संवाददाता
२०८० आश्विन २१, आईतवार ०८:२६
NIMB
Nabil Bank

काठमाडौं । इजरायल र प्यालेस्टाइन लडाकु समुह हमासबीच जारी संघर्षमा पाँच सय भन्दा बढीको मृत्यु भैसकेको छ । शनिबार हमासले इजरायलमा रकेट प्रहार गरि आफ्ना लडाकु समेत पठाएर अन्धाधुन्ध आक्रमण गरेको थियो । सो आक्रमणमा पनि २५० भन्दा बढी इजरायली नागरिक तथा सेनाको मृत्यु भएको छ । इजलायलले जवाफी कारवाही गर्दा २५० भन्दा बढी प्यालेस्टाइन लडाकु तथा नागरिकको मृत्यु भैसकेको छ ।

नेपालको परराष्ट्र मन्त्रालयले इजरायलमा रहेका १४ नेपाली घाइते भएको र तिमध्ये २ जनाको अवस्था चिन्ता जनक रहेको जानकारी दिएको छ । परराष्ट्र मन्त्रालयले इजरालयमा रहेका नेपालीहरुलाई सुरक्षित स्थानमा रहन तथा इजरायल प्रशासनले जारी गरेका नियम पालना गरि बस्न भनेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्