Shikhar Insurance

फोनपेको ‘सुपरयात्रा’ अभियानमा म्याकबुक एयर जित्ने अवसर

सिंहदरबार संवाददाता
२०८० आश्विन २२, सोमबार १३:२६
NIMB
Nabil Bank

काठमाडौं । फोनपे ले “फोनपे सुपरयात्रा” नामक अभियान सञ्चालन गरेको छ । उक्त अभियानको उद्देश्य, मोबाइल बैंकिङ एपमार्फत एयरलाइन टिकेट खरिद गर्दा ग्राहकहरुबीच डिजिटल भुक्तानीको सहजतालाई झल्काउनु रहेको कम्पनीले जनाएको छ ।

‘सुपरयात्रा’ अभियान असोज १७ देखि कात्तिक ११ सम्म लागू हुनेछ। यस अभियानअन्तर्गत एक भाग्यशाली ग्राहकले उपहार स्वरुप म्याकबुक एयर प्राप्त गर्ने छन् । अतिरिक्त लाभको रूपमा, नयाँ ग्राहकहरूले प्रोमो कोड SUPERYATRA200 प्रयोग गरी आफ्नो पहिलो एयरलाइन टिकट खरिद गर्दा २०० रूपैयाँ क्यास ब्याक को मजा लिन सक्ने छन्। यस अभियानमा सहभागी हुन ग्राहकहरुले तोकिएको अभियान अवधिमा मोबाइल बैंकिङ एपमार्फत कम्तीमा एउटा एयरलाइन टिकट खरिद गर्नुपर्ने कम्पनीले जनाएको छ।

Citizen Life
Kumar Bank
Nepal Life

यस अभियानले मोबाइल बैंकिङ एपमार्फत एयरलाइन टिकटहरू खरिद गर्ने सहजतालाई मनाउनुको साथ साथै यस चाडपर्वको घडीमा अधिकांश ग्राहकहरुको यात्रामा थप उर्जा थप्ने लक्ष्य पनि राखेको कम्पनीले जनाएको छ ।

फोनपेका चिफ स्ट्राटेजी अफिसर सुवोद शर्माले भने, “हाम्रो अभियानको प्रमुख उद्देश्य, यात्रुहरूले एयरलाइन टिकट खरिद गर्दा मोबाइल बैंकिङ एप रोज्नको लागि थप आकर्षणको सिर्जना गराउनु हो। हाम्रो लक्ष्य धेरै भन्दा धेरै ग्राहकहरुलाई विद्युतीय भुक्तानी प्रणालीमा प्रवेश गराउनुमा केन्द्रित रहेको छ र सुपरयात्रा जस्ता अभियान सोहि लक्ष्यलाई अगाडि बढाउने एउटा कदम हो।”

GBIME

प्रतिक्रिया दिनुहोस्