Shikhar Insurance

गाजापट्टीमा १ लाख २३ हजारभन्दा बढी मानिस विस्थापितः संयुक्त राष्ट्रसंघ

सिंहदरबार संवाददाता
२०८० आश्विन २२, सोमबार १३:५५
NIMB
Nabil Bank

जेरूसेलम । प्यालेस्टिनी लडाकू समूह हमास र इजरायलबीच द्वन्द्व सुरु भएयता गाजा पट्टीमा एक लाख २३ हजारभन्दा बढी मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघले सोमबार जनाएको छ ।

“गाजामा मुख्यतः डर, सुरक्षाको चिन्ता र उनीहरूको घर भत्काइएका कारण एक लाख २३ हजार ५ सय ३८ भन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित भएका छन्,” संयुक्त राष्ट्रसंघको मानवीय निकाय ओसीएचएले भनेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

ओसीएचएका अनुसार ७३ हजारभन्दा बढी व्यक्तिले विद्यालयमा आश्रय लिइरहेका छन्, जसमध्ये केहीलाई आपतकालीन आश्रयस्थल तोकिएको छ । हमासको लडाकु समूहले इजरायलमा घातक आक्रमण गर्नुका साथै हजारौं रकेट प्रहार गरेपछि इजरायलले शनिबारदेखि गाजामा सयौं हवाई आक्रमण गरेको छ ।

प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय निकाय (यूएनआरडब्लूए) का प्रवक्ता अदनान अबु हसनाले यो सङ्ख्या अझै बढ्ने अपेक्षा गरेको बताएका छन् । “यी विद्यालयमा बिजुली छ, हामी उनीहरूलाई खाना, सफा पानी, मनोवैज्ञानिक सहयोग र चिकित्सा उपचार प्रदान गर्छौं,” उनले भने ।

गाजामा २३ लाख प्यालेस्टिनी छन्, उनीहरूले सन् २००७ मा हमासले सत्ता सम्हालेपछि इजरायली नाकाबन्दीको सामना गरिरहेका छन् । एएफपी

GBIME

प्रतिक्रिया दिनुहोस्