Shikhar Insurance

डिसहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियानअन्तर्गत तेस्राे विजेता घोषणा

सिंहदरबार संवाददाता
२०८० आश्विन २३, मंगलवार १५:०१
NIMB
Nabil Bank

काठमाडौं । ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत ०२५६४१९५२९६ कास आईडीका ग्राहक राजीन राईले नगद १ लाख रूपैयाँ जितेका छन् । असोज २२ गते सोमबार भएको ‘लक्की ड्र’ मार्फत राईले नगद १ लाख रूपैयाँ जितेका हुन् ।

डिसहोमले दशैं-तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार योजना सार्वजनिक गरेको हो । यस योजनाअन्तर्गत डिसहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता ‘लक्की ड्र’ मार्फत नगद रु एक लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्ने छन् जसमा नगद १० लाख, मिडियामा प्रसिद्धी र सेलिब्रेटी झैं जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन् । यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरुले डिसहोमको नयाँ कनेक्सन वा डिसहोम रिचार्ज गर्नुपर्ने हुन्छ ।

सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको शोकेश, सरोकार टिभी, रमाइलो टिभी, डिसहोमको आधिकारिक फेसबुक पेज र इमेज टिभीमा साँझ ५ बजे प्रत्यक्ष प्रसारण हुनेछ । “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” अभियान असाेज १ देखि सीमित अवधिका लागि नेपालभर लागू हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्