Shikhar Insurance

६ कम्पनीले ७ अर्बबढीकाे आईपीओ जारी गर्दै, जगदम्बा स्टिलको प्रतिकित्ता ३ सय, अन्य कुनको कति?

सिंहदरबार संवाददाता
२०८० आश्विन २४, बुधबार १९:१९
NIMB
Nabil Bank

काठमाडौं । ६ कम्पनीले धितोपत्र प्रारम्भिक निष्काशन (आईपीओ) जारी गर्ने भएका छन्। चर्चित स्टिल कम्पनी जगदम्बा स्टिल लिमिटेड सहित ६ कम्पनीले धितोपत्र बोर्डसँग आइपीओ निष्काशन गर्न अनुमति माग गर्दै आवेदन दिएका हुन् ।

६ वटा कम्पनीहरुमध्ये ३ वटा हाइड्रोपावर, २ वटा अन्य र एउटा उत्पादनमुलक रहेका छन् । यी कम्पनीहरुले कुल ७ अर्ब ४६ करोड १३ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेका हुन्।

Citizen Life
Kumar Bank
Nepal Life

शंकर ग्रुपको लगानी रहेको जगदम्बा स्टिल कम्पनीले १७ असोजमा आईपीओ निष्काशनको स्वीकृति माग गर्दै बोर्डमा आवेदन दिएको छ। कम्पनीले प्रतिकित्ता प्रतिकित्ता ३०० रुपैयाँको दरले आईपीओ जारी गर्न माग गरेको हो। जसमा प्रतिकित्ता २०० रुपैयाँ प्रिमियम माग गरेको छ।

बोर्डबाट अनुमति पाएपछि कम्पनीले सर्वसाधारणमा लागि कुल ६ अर्ब रुपैयाँको बराबरको आईपीओ जारी गर्नेछ । कम्पनीले २ करोड ७० हजार कित्ता साधारण सेयर जारी गरेर ६ अर्ब २ करोड १० लाख रुपैयाँ लगानी जुटाउन लागेको हो ।

कम्पनीले आईपीओ निष्काशका लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटलले लिमिटेडलाई नियुक्त गरेको छ ।

त्यस्तै, बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले आईपीओ निष्काशनको अनुमति माग्दै असोज ५ गते बोर्ड (सेबोन)मा निवेदन दिएको हो । कम्पनीले धितोपत्र बोर्डसँग २० करोड ८० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न अनुमति मागेको छ ।

धितोपत्र बोर्डले अनुमति दिएमा यस कम्पनीले १०० अंकित दरका कुल २० लाख ८० हजार कित्ता आईपीओ बिक्री खुला गर्नेछ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपाली तथा दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्नेछ । बेनी हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।

त्यस्तै, यामबलिङ हाइड्रोपावर कम्पनीले पनि आईपीओ निष्काशनको माग गर्दै बोर्डको पाइपलाइनमा रहेको छ । कम्पनीले आईपीओ निष्काशनको माग गर्दै असोज १० गते बोर्डमा आवेदन दिएको छ ।

बोर्डबाट अनुमति पाएपछि कम्पनीले अंकित मुल्य १०० रुपैयाँ दरको २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता सेयर निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।

एपेक्स हस्पिटालीटी लिमीटेडले आईपीओ निष्काशन प्रक्रिया अगाडी बढाएको छ । कम्पनीले आईपीओ निष्काशनको माग गर्दै असोज १२ गते धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरका २४ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो । बोर्डबाट अनुमति पाएपछि कम्पनीले सर्वसाधारणका लागि २४ करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापीटल रहेको छ ।

त्यसैगरी, माबिलुङ इनर्जी लिमिटेड पनि धितोपत्र बोर्डको पाइपलाइनमा रहेको छ । कम्पनीले आईपीओ निष्काशन गर्नका लागि धितोपत्र बोर्डमा असोज १४ गते आवेदन दिएको हो ।

कम्पनीले १८ लाख ९० हजार ५४० कित्ता आईपीओ जारी गर्ने लागेको हो । बोर्डबाट अनुमति पाएपछि कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँमा १८ करोड ९० लाख ५४ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्नेछ।

कम्पनीले आईपीओ जारी गर्नको लागि बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट नियुक्त गरेको छ।

त्यस्तै, एसवाई प्यानल नेपाल लिमीटेडले पनि आईपीओ जारी गर्नका लागि बोर्डमा आवेदन दिएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा आईपीओ निष्काशग गर्न माग गर्दै बोर्डमा असोज १९ गते आवेदन दिएको हो ।

बोर्डबाट अनुमति पाएपछि कम्पनीले ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापीटलाई नियुक्ति गरेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्