Shikhar Insurance

काठमाडौं महानगरद्वारा १ अर्ब १७ करोड राजस्व असुल, गत वर्षको भन्दा २४ करोड बढी

सिंहदरबार संवाददाता
२०८० आश्विन २५, बिहीबार ११:१६
NIMB
Nabil Bank

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको पहिलो दुई महिनाको अवधिमा एक अर्ब १७ करोड १३ लाख ७५ हजार रूपैयाँ राजस्व असुल गरेको छ । गत आवको सोही अवधिमा काठमाडौँ महानगरपालिकाले ९३ करोड ४१ लाख रूपैयाँ राजस्व असुल गरेको थियो ।

चालु आवका लागि कामपाले १० अर्ब ४१ करोड रूपैयाँराजस्व असुलको लक्ष्य लिएको कामपा राजस्व विभागका प्रमुख धु्रव काफ्लेले जानकारी दिए। गत आवको सोही अवधिलाई तुलना गर्दा चालु आवको साउन र भदौमा २४ करोड रूपैयाँ बढी राजस्व असुल भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

चालु आवको दुई महिनाको अवधिमा सबैभन्दा बढी घरबहाल करबाट ५२ करोड रूपैयाँ असुल भएको राजस्व विभागका प्रमुख काफ्लेले बताउनुभयो । त्यसैगरी सम्पत्ति करबाट २५ करोड रूपैयाँ असुल भएको छ । पछिल्लो समय कामपामा बहाल कर तिर्ने करदाता बढेकाले राजस्व रकम बढेको कामपा प्रमुख काफ्लेको भनाइ छ ।

गत वर्षभन्दा यस वर्ष सम्पत्ति करमा मात्रै ६ सय ४८ करतादा बढेका छन् । बहाल करतर्फ पनि करदाता उल्लेख्यरुपमा बढेका छन् । पछिल्लो समय एक हजार तीन सय करदाता थपिएका छन्। अहिले कामपामा तीन लाखभन्दा बढी करदाता छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्