Shikhar Insurance

नयाँपुरानो मोबाइल एप र इभो स्टोरले स्मार्टफोन एक्सचेन्ज क्याम्प आयोजना गर्दै, पुरानो मोबाइलमा ३ हजारसम्मको थप मूल्याङ्कन

सिंहदरबार संवाददाता
२०८० आश्विन २५, बिहीबार १२:३४
NIMB
Nabil Bank

काठमाडौं। आफ्ना पुराना स्मार्टफोनहरू बिक्री गर्नका लागि सजिलो प्लेटफर्म–नयाँपुरानो मोबाइल एपले एप्पलका इलेक्ट्रोनिक्स सामानहरूको प्रख्यात बिक्रेता इभो स्टोरसँग नवीनतम साझेदारी गर्दै पुराना स्मार्टफोनको सट्टा नयाँ आइफोन किन्न सकिने सुबिधा दिने भएको छ।

यही २०८० असोज २३ गतेदेखि तिहारसम्म लागू गरिएको यो एक्सचेन्ज क्याम्पमा ग्राहकहरूले नयाँपुरानो एक्सचेन्ज मोबाइल एपमार्फत आफ्ना पुराना फोनहरू नयाँ आइफोनहरूसँग साट्ने अवसरपाउनेछन्। यो एक्सचेन्ज क्याम्पबाट ग्राहकहरूले आफ्नो पुरानो फोनमा थप ३ हजार रूपैयाँसम्मको अधिक मूल्याङ्कन पनि प्राप्त गर्ने व्यवस्था रहेको नयाँपुरानो मोबाइल एपका अभिषेक अग्रवालले बताए।

Citizen Life
Kumar Bank
Nepal Life

यसअघि इभोस्टोरले पुराना आईफोनसँग मात्र नयाँ आईफोनहरु एक्सचेन्ज गर्ने गर्दथ्यो। तर अब भने तपाईंले आफूसँग भएको जुनसुकै मोबाइलसँग आइफोन एक्सचेन्ज गर्न सक्ने कम्पनीले जनाएकाे छ। नयाँपुरानो मोबाइल एप विगत २ वर्षदेखि स्मार्टफोन ग्राहकहरूको व्यापारका लागि भरपर्दो र सहज प्लेटफर्मको रूपमा परिचित छ। आइफोनको रिटेल उद्योगमा भरपर्दो नाम–इभो स्टोरसँगको यो साझेदारीले सीमित-समयसम्म चल्ने यो योजनालाई अझ आकर्षक बनाएको पनि छ।

इभो स्टोरसँगको यो सहकार्य नयाँपुरानो मोबाइल एपका लागि एउटा महत्वपूर्ण कोसेढुङ्गा बनेको छ। हामी हाम्रा प्रयोगकर्ताहरूलाई सजिलो र सुविधामुलक योजनाहरू प्रदान गर्नमा विश्वास गर्छौं, र यो योजनामा पनि हामीले थप मूल्याङ्कन गरेर, त्यही सहजता र नवीनता ल्याउने प्रयास गरेका छौं। पुराना स्मार्टफोनलाई आइफोनमा नै एक्सचेन्ज गर्ने सुविधाले हामीले ग्राहकलाई प्रविधिसँग पनि नजिक राख्‍न सक्छौं, नयाँपुरानो एपका अभिषेक अग्रवालले भने।

यस एक्सचेन्जबाट ग्राहकहरूले पाउने सुविधा लिन निम्न कार्य पुरा गर्नुहोस्–
१. नयाँपुरानो एक्सचेन्ज मोबाइल एप डाउनलोड गर्नुहोस्। र तल दिएको क्यूआर कोड स्क्यान गरेर आफ्नो मोबाइलको भ्यालुएसन चेक गर्नुहोस्। (भ्यालुएसन चित्त बुझेमा नजिकैको कुनैपनि
इभोस्टोरमा गएर एक्सचेन्ज पुरा गर्न सकिनेछ।)
२. आफ्नो पुरानो फोनको सम्पूर्ण विवरण प्रदान गर्नुहोस्।
३. नयाँपुरानो एपले तपाईंको फोनको मूल्याङ्कन गर्दछ।
४ं तपाईंको फोन उचित अवस्थाको रहेमा ३ हजार रूपैयाँसम्मको पनि अधिक मूल्याङ्कन गर्नेछ। यो
फिचर इभोस्टोरमा गएर एक्सचेन्ज पुरा गर्ने ग्राहकले मात्र हेर्न सक्नेछन्। त्यसपछि आफूले खरिद गर्न चाहेको आइफोन छनोट गर्नुहोस् ।

५. एक्सचेन्जको प्रक्रिया पूरा भएपछि तपाईंले नजिकको इभो स्टोरबाट सजिलै नयाँ आईफोन
लिन सक्नुहुनेछ।

GBIME

प्रतिक्रिया दिनुहोस्