Shikhar Insurance

डिसहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियानका विजेता रजिन राईलाई १ लाख प्रदान

सिंहदरबार संवाददाता
२०८० आश्विन २६, शुक्रबार ११:५४
NIMB
Nabil Bank

काठमाडाैं । ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजनाअन्तर्गत मानेभञ्ज्याङ, ओखलढुंगाका रजिन राईले जित्नुभएको पुरस्कार रकम हस्तान्तरण गरिएको छ । राईको घरमा नै पुगेर डिस मिडिया नेटवर्कका प्रतिनिधिले नगद १ लाख रुपैयाँ हस्तान्तरण गरेको हो । बाजागाजासहित एक कार्यक्रमको आयोजना गरी सम्मानसहित उक्त पुरस्कार रकम प्रदान गरिएको थियो । सोमबार भएको लक्की ड्र मार्फत ओखलढुंगाका राईले नगद १ लाख रुपैयाँ जितेका थिए ।

नेपालकै अग्रणी डिटिएच सेवा प्रदायक डिसहोमले दसैं तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ सार्वजनिक गरेको हो । यस योजनाअन्तर्गत डिसहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता लक्की ड्र मार्फत नगद रु एक लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् जसमा नगद १० लाख, मिडियामा प्रसिद्धी र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन् । यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरुले डिसहोमको नयाँ कनेक्सन वा डिसहोम रिचार्ज गर्नुपर्ने हुन्छ ।

सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिसहोमको शोकेश, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारीक फेसबुक पेज र इमेज टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण हुनेछ । ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान असोज १ गतेदेखि सीमित अवधिको लागि नेपालभर लागू हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्