Shikhar Insurance

६०० रुपैयाँले बढ्यो सुनको मूल्य , प्रतितोला कतिमा हुँदैछ कारोबार ?

सिंहदरबार संवाददाता
२०८० आश्विन २६, शुक्रबार ११:५९
NIMB
Nabil Bank

काठमाडौं । सुनको मूल्य फेरि बढ्न थालेको छ । साताको अन्तिम कारोबारको दिन शुक्रबार सुन तोलामा ६०० रुपैयाँले महंगिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार १०० रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सुन लगातार दोश्रो दिन महंगिएको हो । बिहीबार पनि सुनको मूल्य वृद्धि भएको थियो । अघिल्लो कारोबारको दिन अर्थात बिहिबिार सुन तोलामा ७०० रुपैयाँले बढ्दा प्रतितोला एक लाख ९ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो । दुई दिनमा सुन तोलामा एक हजार ३०० रूपैयाँले बढिसकेको छ ।

साताको अन्तिम कारोबार दिन, चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले ओरालो लागेर प्रतितोला एक हजार ३४५ रुपैयाँमा किनबेच भएको छ ।

अघिल्लो कारोबारको दिन भने चाँदीको मूल्य उकालो लागेको थियो । बिहीबार चाँदी प्रतितोला १० रुपैयाँले महंगिदा एक हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्