Shikhar Insurance

नेपाली बजारमा हाइगर ब्रान्डका विद्युतीय गाडीहरू सार्वजनिक हुँदै

सिंहदरबार संवाददाता
२०८० आश्विन २६, शुक्रबार १५:४३
NIMB
Nabil Bank

काठमाडौं । कमर्सियल गाडीहरुको बिक्री वितरणमा नेपालको स्थापित डिलर शशिला मोटर्स् प्रालिले विश्व प्रसिद्ध हाइगर ब्रान्डको कमर्सियल विद्युतीय गाडी नेपाल भित्र्याउने भएको छ । जसका लागि प्रालिले शुक्रबार चाइनिज बस उत्पादक कम्पनी हाइगर बस कम्पनी लिमिटेडसँग सम्झौता गरेको हो ।

हाइगर बस कम्पनी लिमिटेडले बिश्वका १ सय ३० भन्दा धेरै देशहरुमा आफ्नो उपस्थिती जनाइसकेको छ । हाइगर ‘चाइनिज फेमस ट्रेडमार्क’ र ‘चाइनिज फेमस ब्राण्ड’ को उपाधि प्राप्त गर्न सफल बहुचर्चित तथा सुप्रसिद्ध ब्रान्ड हो । यो सम्झौतासँगै शशिला मोटर्स् प्रालि हाइगर भ्यानको नेपालका लागि एकमात्र आधिकारक बितरक बनेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सुरुमा प्रालिले १६ सिट क्षमताका इभी मिनि भ्यान र मिनिवस नेपाली बजारमा सार्वजनिक गर्न लागेको छ । जुन वातावरण मैत्री तथा ढुवानी व्यवसायका लागि अत्यन्तै उत्कृष्ट हुने र मिनिबस रेञ्जहरुमा ग्राहकको पहिलो रोजाइ बन्न सफल हुने शशिला मोटर्स प्रालि का प्रवन्ध निर्देशक सन्तोष खतिवडाको विश्वास छ ।

हाइगर इभी भ्यानका प्रमुख विशेषताहरुः
१.नेपालकै पहिलो १६ सिट क्षमताको इभी भ्यान ।
२.सिंगल चार्जमा २५० किमि रेञ्ज ।
३.७० कि.वा. आवर ब्याट्री ।
४.कटिङ एज प्रविधियुक्त लिथियम आयन ब्याट्री प्याक ।
५.कोलिजन अभोइडेन्स् सिस्टम, लेन डिपार्चर वानिर्ङ तथा एअर ब्याग सिस्टमहरु सहितको सुरक्षाका विशेषतायुक्त (एअर ब्याग भएको नेपालको पहिलो इभी भ्यान) ।
६.१६ सिट क्षमताको इभीमा सहज यात्राका लागि आरामदायी सिट एवं पर्याप्त खुल्ला ठाउँ भएको ।
७.यात्रुको सुविधाका लागि एअर कण्डिसनसहित उत्कृष्ट आन्तरिक सजावट भएको ।
८.नेपालको बाटो सुहाउँदो २०० एमएम उचाई ग्राउन्ड क्लियरेन्स भएको ।
१०.९० कि.वा. पावर र ३५० एनएम टर्क सहित उत्कृष्ट तान्ने क्षमता भएको ।
११.एलोइ हृवील र २१५ आर ७५ टायर साईज, १६ पीआरसहितको पहिलो इभी भ्यान जसले गाडीको रेञ्ज र स्ट्याबिलिटी बढाउँदछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्