Shikhar Insurance

धितोपत्र ब्रोकर एसाेसिएसनका अध्यक्ष ढकाल एसियन प्रोफेसनल योङ इन्टरप्रेनियर्स अवार्डबाट सम्मानित

सिंहदरबार संवाददाता
२०८० आश्विन २८, आईतवार १२:२३
NIMB
Nabil Bank

काठमाडौं । धितोपत्र ब्रोकर एसाेसिएसनका अध्यक्ष तथा हिमालयन ब्रोकरेज कम्पनी लिमिटेडका अध्यक्ष सागर ढकाल योङ इन्टरप्रेनियर्स अवार्डबाट सम्मानित भएका छन् । युवा उद्यमशीलतामार्फत कृषि, व्यापार र समाज सेवामा योगदान पुर्याएवापत ढकाललाई “एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड” अन्तर्गतको “योङ इन्टरप्रेनियर्स अवार्ड” प्रदान गरिएको हो ।

सिजन मिडियाको आयोजनामा गरिएको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले विशेष सम्मानसहित उक्त अवार्ड प्रदान गरेका हुन् । युवा उद्यमी ढकाल, व्यावसायिक तथा सामाजिक क्षेत्रमा सक्रिय रहेका छन् । उनको पर्यटन, कृषि, वित्त, सूचना–प्रविधि, हस्पिटालिटी, कानुनी परामर्श सेवा, लगानी सहजीकरण र व्यापार व्यवसाय लगायतका थुप्रै क्षेत्रमा संलग्नता रहेको छ । ढकालले पछिल्लो समय धितोपत्र ब्रोकर व्यवसायलाई मुख्य व्यवसाय बनाएर अघि बढेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

उनकै पहलमा १६ वर्षपछि पहिलोपटक नयाँ ब्रोकर कम्पनीले लाइसेन्स पाउन सफल भएका थिए भने यस क्षेत्रमा रहँदै आएको सिण्डिकेट समेत तोडिन पुगेको थियो । उनी नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको पुँजीबजार फोरमका केन्द्रीय सदस्यसमेत हुन् । ढकालले व्यवस्थापनमा त्रिभुवन विश्वविद्यालयबाट स्नात्तकोत्तर उत्तीर्ण गरेका छन् भने त्रिभुवन विश्वविद्यायलयबाटै कानुन शास्त्रमा स्नातक गरेका छन् ।

कानुन व्यवसायीसमेत रहेका ढकाल पाटन उच्च बारका कार्यसमिति सदस्य हुन् । हाल उनले त्रिभुवन विश्वविद्यालयबाट भाषा विज्ञानमा विद्यावारिधि गरिरहेका छन् । अवार्ड प्राप्त गरेपश्चात आफूलाई अझ बढी जिम्मेवारीबोध भएको र आगामी दिनमा युवा उद्यमशीलताको विकास, नेपालको पुँजीवजारको सुधार र सुदृढीकरणका लागि थप सक्रिय रहन प्रेरणा मिलेको ढकालले बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्