Shikhar Insurance

दसैंको मुखमा घट्याे इन्धनको मूल्य, अब कति कति ?

सिंहदरबार संवाददाता
२०८० आश्विन २८, आईतवार २०:२१
NIMB
Nabil Bank

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले आइतबार राति १ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो ।

भारतीय आयल कर्पोरेसन (आईओसी)ले पठाएको नयाँ सूची अनुसार नेपालमा पनि मूल्य घटाएको निगमले जनाएको छ । आइओसीले पेट्रोलको मूल्य प्रती लिटर ११.१८ रुपैयाँ र डिजेलको मूल्य प्रती लिटर ५.०३ रुपैयाँले घटाएर पठाएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँमा झरेको छ भने डिजलको प्रतिलिटर मूल्य १६८ रुपैयाँ पर्नेछ ।
खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्