Shikhar Insurance

नवरात्र आरम्भः विधिपूर्वक गरियो शैलपुत्री देवीको पूजा आराधना

सिंहदरबार संवाददाता
२०८० आश्विन २९, सोमबार १०:३७
NIMB
Nabil Bank

काठमाडौं । नवरात्रको पहिलो दिन आज नेपालीले घर घरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गा मध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरेका छन् ।

घरको पूजा कोठा वा दशैं घरमा विधिपूर्वक घटस्थापना गरेपछि शैलपुत्री देवीलाई आह्वान गरी पूजा आराधना गरिएको हो । नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्री दुर्गाको नौ मूर्तिमध्येको एक हो । गिरिराज हिमालयकी पुत्री पार्वतीदेवी नै शैलपुत्री भएको देवी कवच, मार्कण्डेयलगायत पुराणआदि ग्रन्थमा उल्लेख गरिएको छ । शैलपुत्री देवीलाई सबैकी अधिश्वरीका रुपमा पूजा आराधना गरिन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

हिमालयको तपस्या र प्रार्थनाले शैलपुत्री देवी प्रसन्न भएर उहाँको पुत्रीका रुपमा उत्पन्न भएको पनि विभिन्न पुराणमा उल्लेख गरिएको छ । आज घटस्थापनासँगै काठमाडौं उपत्यकालगायत देशभरका शक्तिपीठमा पूजा, आराधना एवं दर्शन गर्ने भक्तजनको पनि भीड लागेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्