Shikhar Insurance

दसैंको अवसरमा खसीबोका प्रदर्शनी

सिंहदरबार संवाददाता
२०८० आश्विन २९, सोमबार ११:२५
NIMB
Nabil Bank

गण्डकी । दसैंको अवसर पारी पोखरा महानगरपालिकाको आयोजनामा तेस्रो खसीबोका प्रदर्शनी गरिने भएको छ ।

बाख्रापालन व्यवसायलाई प्रोत्साहित गर्दै यसतर्फ आकर्षण बढाउने उद्देश्यका साथ पोखरा महानगरपालिका-२८ को सौर्यबजारमा यही असोज ३० गते खसीबोका प्रदर्शनी गर्न लागिएको पोखरा महानगरपालिका पशुसेवा शाखाका प्रमुख नवराज अधिकारीले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

यसअघि पनि सोही स्थानमा महानगरपालिकाको आयोजनामा २०७६ सालको दसैं र गत वर्ष खसीबोका प्रदर्शनी गरिएको जानकारी दिँदै उनले गत वर्ष स्थानीय किसानका ६५ वटा खसीबोका प्रदर्शनीमा राखिएको बताए ।

किसानले पालेका खसीबोकाको उचित मूल्यसहित बजारीकरणका साथै पशुपालनलाई प्रवद्र्धन र किसानलाई प्रोत्साहन गर्न प्रदर्शनी आयोजना गरिएको उनले बताए। महानगरपालिकाले उक्त क्षेत्रमा व्यावसायिक बाख्रापालनका लागि अनुदानसमेत उपलब्ध गराउँदै आएको छ ।

प्रदर्शनीमा कृषकले खसीबोका निःशुल्क राख्न पाउने व्यवस्था मिलाइएको छ । प्रदर्शनीमा एकै घरबाट धैरै सङ्ख्यामा र ठूला खसीबोका बोका ल्याउनेका लागि प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कारको व्यवस्था गरिएको प्रमुख अधिकारीले जानकारी दिए।

GBIME

प्रतिक्रिया दिनुहोस्