Shikhar Insurance

मुलुकको अर्थतन्त्र गम्भीर संकटमाः पूर्वअर्थमन्त्री पौडेल

सिंहदरबार संवाददाता
२०८० आश्विन २९, सोमबार १७:२३
NIMB
Nabil Bank

लुम्बिनी । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा पुगेको बताउँदै तर आवश्यकताअनुसार सरकार भने गम्भीर बन्न नसकेको बताउनुभएको छ ।

उनले बजार मन्दीको अवस्थामा पुगेको भन्दै अर्थतन्त्र गम्भीर संकटमा फसेकाले सामान्य ढङ्गबाट यो समस्याको समाधान हुन सक्ने अवस्था नरहेको बताए। उनले अर्थतन्त्रको हिसाबमा हेर्दा मुलुकको अहिलेको परिस्थिति विशेष रहेकाले त्यसै बमोजिमको अग्रसरता र सरकारको निर्णय हुनुपर्नेमा हुन नसकेको बताए।

Citizen Life
Kumar Bank
Nepal Life

पूर्वअर्थमन्त्री पौडेलले अर्थतन्त्रमा देखिएका समस्या साधानका लागि संसद्मा रहेका सबै राजनीतिक दल, आर्थिक क्षेत्रका विज्ञ र निजी क्षेत्रको विश्वास जितेर सरकारले गम्भीर कदम चाल्नुपर्नेमा त्यसो हुन नसकेको बताए।

रुपन्देही उद्योग संघको ४५औं साधारणसभा तथा २३औँ अधिवेशनको आज बुटवलमा उद्घाटन गर्दै नेता पौडेलले देशको अर्थतन्त्र मन्दीको अवस्थामा पुग्दासमेत सरकारले स्वीकार गर्न नसकेको र जनता र राष्ट्रका समस्या समाधान गर्न सरकारले चासो नदिएको बताए।

उनले सरकारको नीति र कार्यशैलीप्रति कुनै पनि उद्योगी, व्यवसायी सन्तुष्ट हुने अवस्था नरहेकोसमेत बताए। “सरकारले उद्योगी र व्यवसायीहरूको टाउकामा लाठी बर्साएको छ, उद्योगीका समस्या सुनेर समाधान गर्न सकेको छैन र उल्टै उद्योगी र व्यवसायीलाई त्रसित गर्ने काम गरेको छ”, उनको आरोप छ ।

मुलुकको आर्थिक संकटका कारण पुँजी पलायन हुँदै गएको र भएका उद्योग पनि बन्द हुने अवस्था सिर्जना हुँदै गएको उनको भनाइ थियो । अहिले देशका उद्योगहरूले आफ्नो क्षमताको ५० प्रतिशत मात्र उत्पादन गर्न सकेको उनले बताए । उनले भने, “उद्योगहरुमा उत्पादन घटेकाे छ, माग, आपूर्ति पनि घटेको छ ।”

उनले रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र र तिनाउ दानव करिडोर बन्न नदिने प्रयत्न भइरहेको भन्दै त्यो कार्य सफल नहुने बताए। यस्तै प्रतिनिधिसभा सदस्य तथा एमाले नेता वासुदेव घिमिरेले देश आन्तरिक कारणले देशको अर्थतन्त्र थलिएको बताए । उनले बैंक तथा वित्तीय क्षेत्रको चर्को ब्याजदरका कारण उद्योगी व्यवसायी धरासायी हुने अवस्थामा पुगेको बताए।

रुपन्देही उद्योग सङ्घका अध्यक्ष माधव पौडेलले आर्थिक संकटसँगै युवा शक्तिको पलायनले उद्योगको विस्तार र पुस्तान्तरणमा संकट सिर्जना हुने डरलाग्दो अवस्थाले उद्योगीहरू पिरोलिएको बताए।

सो कार्यक्रममा उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार २०७८ पत्रकार शेरबहादुर केसीलाई प्रदान गरिएको थियो । पुरस्कारको राशि ४५ हजार ५ सय ५५ रूपैयाँसहित सम्मान पत्र रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्