Shikhar Insurance

२२.५ मेगावाटको ठूलो खोला हाइड्रोमा सिटिजन्स बैंकको अगुवाईमा कृषि विकास र माछापुच्छ्रे बैंकले लगानी गर्ने

सिंहदरबार संवाददाता
२०८० आश्विन २९, सोमबार १८:१६
NIMB
Nabil Bank

काठमाडौं । २२.५ मेगावाटको ठूलो खोला हाइड्रोपावर लिमिटेडमा ऋण लगानीको टुंगो लागेको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको अगुवाईमा लगानी जुटेको हो । यस आयोजनामा कृषि विकास बैंक र माछापुच्छ्रे बैंकको पनि लगानी रहनेछ । आज अर्थात् असोज २९ गते सोमबार भएको लगानी सम्बन्धी सम्झौतामा देव ग्रुपका अध्यक्ष तथा यस कम्पनीका कार्यकारी अध्यक्ष नरेन्द्र बल्लभ पन्त र सिटिजन्स बैंकका कन्सोर्टियमरपूर्वाधार बैंकिङ एकाइका प्रमुख रोसन मल्लले हस्ताक्षर गरेका छन् ।

सम्झौता कार्यक्रममा सिटिजन्स बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल, बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुमित बाबु खत्री, चिफ क्रेडिट अफिसर सुमन मूलापाती, कृषि विकास बैंकको तर्फबाट हरी अधिकारी, विश्व बन्धु भट्टराई, माछापुच्छ्रे बैंकको तर्फबाट अनिल सिवाकोटी साथै आयोजना कम्पनीको तर्फबाट चिफ अपरेटिङ्ग अफिसर नविन सिलवाल, वित्तीय प्रमुख प्रदिप खतिवड र सिभिल इन्जिनिय प्रमुख सिवसागर यादवको उपस्थिति रहेको थियो। यस आयोजनामा ३ अर्ब ९४ करोडको लागत अनुमान गरिएको छ । जसमा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी हुने सम्झौतमा उल्लेख छ ।

Citizen Life
Kumar Bank
Nepal Life

२२.५ मेगावाटको ठूलो खोला हाइड्रोपावर आयोजना माग्दीको राघुगंगा गाउँपालिका वडा नम्वर ७ र ८ को ठूलो खोला निर्माणधिन भैरहेको छ । अयोजना ३४ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको कम्पनीका अध्यक्ष नरेन्द्र बल्लभ पन्तले बताएका छन् । असोज २८ गते आइतबार निर्माण सम्पन्न गर्ने मिति तोकिए भए पनि त्योभन्दा पहिले नै आयोजना सम्पन्न गरी राष्ट्रिया प्रशारण लाइनमा जोड्ने गरी काम तीव्र गतिमा भैरहेको अध्यक्ष पन्तले जानकारी दिए ।

यस ठूलो खोला हाइड्रोपावर आयोजनामा देव ग्रुप कै स्वामित्व रहेको अर्को आयोजना प्रोजेक्ट टक्सार पिखुवा हाइड्रोपावर लिमिटेडको समेत लगानी रहेको छ । टक्सार पिखुवा हाइड्रोपावर विगत २ बर्ष अगाडि नै सम्पन्न भई विद्युत उत्पादन गरीरहेको कम्पनी हो । यो कम्पनीले आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । ठूलो खोला हाइड्रोपावर लिमिटेडले आईपीओ जारी गर्नको लागि सिटिजन्स क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्