Shikhar Insurance

अर्थतन्त्रमा क्रमशः सुधार हुदैछ-अर्थमन्त्री डा. महत

सिंहदरबार संवाददाता
२०८० आश्विन २९, सोमबार २१:१२
NIMB
Nabil Bank

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारको प्रयासले मात्र सम्भव नहुने भएकाले सबै क्षेत्र र पक्षबाट सामूहिक प्रयास थालिनुपर्ने बताएका छन। महिला आर्थिक पत्रकार सङ्घ (फेजा) को औपचारिक उद्घाटन कार्यक्रममा उनले अर्थतन्त्र सुधारका लागि सबैले सहयोगको अपेक्षा सरकारले राखेको बताए ।

“विस्तारै अर्थतन्त्रमा सुधारका सङ्केत देखिन थालेका छन् । सुधारका लागि सरकार र अर्थ मन्त्रालयको प्रयासले पुग्दैन । सबैले आआफ्नो क्षेत्रबाट लाग्न जरुरी छ”, अर्थमन्त्री डा महतले भने, “सामूहिक अठोटका साथ काम गरौँ । जहाँ अप्ठ्यारो छ, त्यसलाई फुकाउन अर्थमन्त्रालय तयार छ ।” आर्थिक सुधारका लागि सरकारले अधिकतम प्रयास गरिरहेको र सकारात्मक नतिजा पनि देखिँदै गएको उहाँको भनाइ छ ।

Citizen Life
Kumar Bank
Nepal Life

अर्थमन्त्री महतले मुलुकको अर्थ–सामाजिक विकासका लागि महिला सशक्तीकरणको आवश्यकता पनि औँल्याए । हरेक क्षेत्रमा महिलाको सहभागिता बढाउँदै उनले जाने र समावेशी विकासको अवधारणा अँगालेपछि शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा महिला सहभागिता बढेको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्