Shikhar Insurance

चितवन उद्योग संघकाे अध्यक्षमा सूर्यप्रसाद न्यौपाने  

सिंहदरबार संवाददाता
२०८० आश्विन ३०, मंगलवार १०:११
NIMB
Nabil Bank

चितवन । चितवन उद्योग संघको अध्यक्षमा सूर्यप्रसाद न्यौपाने चयन भएका छन् । सोमबार अबेर सम्पन्न अविधेशनले न्यौपानेको अध्यक्षतामा ३१ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा परमेश्वर भण्डारी, दिनुपकुमार बराल, गोपालप्रसाद गैरे, ताराबहादुर कार्की, गजेन्द्र घिमिरे, मदन घिमिरे रहेका छन् । अधिवेशनको उद्घाटन सत्रमा बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले सरकारले मात्रै चाहेर उत्पादन बढाउन नसक्ने बताए । उनले भने, “सरकार र व्यवसायीको साझेदारीमा उत्पादन बढाउन सकिन्छ ।” सरकार उद्योगी–व्यवसायीको व्यवसाय बढाउन र प्रवर्द्धन गर्न तयार रहेको उनको भनाइ थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

उद्योग र उद्यमशीलतालाई मध्यनजर गरेर अघि बढ्नुपर्ने समय आएको उनले बताए। कार्यक्रममा प्रदेश सरकारका स्वास्थ्यमन्त्री उत्तम जोशीले राजनीतिक उपलब्धिलाई संस्थागत गर्न नसक्दा अहिलेको अवस्था आएको बताए । उनले भने, “देशमा राजनीति सुध्रिएमात्रै समस्या समाधान हुनसक्छ ।”

उद्योग संघ चितवनका अध्यक्ष त्रिलोचन कँडेलको अध्यक्षमा सम्पन्न कार्यक्रममा घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंह, नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष लेखराज पोख्रेल, प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले अहिलेको अवस्थामा उद्योग–व्यवसाय बन्द हुने स्थितिमा पुगेको बताउनुभयो । यही अवस्था रहे व्यवसायी पलायन हुने उनीहरूको भनाइ थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्