Shikhar Insurance

अनलाइन डेलिभरीका लागि छिटाे, छरितो र भरपर्दो फेब बड

सिंहदरबार संवाददाता
२०८० आश्विन ३०, मंगलवार १६:०१
NIMB
Nabil Bank

काठमाडौं । व्यवसायीदेखि ग्राहकसम्मको समस्यालाई मध्यनजर गर्दै अनलाइन डेलिभरि प्लेटफर्म फेब बड सञ्चालनमा आएको छ । हाल बजारमा देखिएको डेलीभरी समस्यालाई छिटो, छरितो र भरपर्दाे बनाउन फेब बड सञ्चालनमा आएको हो ।

यस डेलिभरी सर्भिसमार्फत व्यवसायीले सही समयमा तोकेकै ठाउँमा आफ्ना ग्राहकहरुलाई भरपर्दो र छिटो सामान पठाउन सक्ने कम्पनीले बताएकाे छ । यस्तै, ग्राहकहरुले पनि आफूले भनेकै समयमा डेलिभरी लिई फेब बडको सर्भिसको लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

फेब बड एक हाइपरलोकल डेलिभरी प्लेटफर्म हो जहाँ हामी उपत्यकाभर विभिन्न सर सामानको डेलिभरी गर्दछौं । जुन दुवै तिर वास्तविक समयको साथ न्यूनतम समयमै हुन्छ । यस प्लेटफर्मले कुनै पनि समयमा पिकअप, तत्काल वितरण, किफायती वितरण शुल्क र उही दिन क्यास र डेलिभरीलगायत विभिन्न सेवा प्रदान गर्दछ । फेब बड कसरी प्रयोग गर्ने ?

फेब बडको साथ जुडेर व्यक्तिगत तथा व्यापार वितरण गर्न एकदम सजिलो छ । यसका लागि तपाईंले प्लेस्टोरबाट फेब बडका एप डाउनलोड गर्नुहोस् र तपाईंको खाता दर्ता गर्नुहोस् । खाता दर्ता गरेपश्चात तँपाईले आफूलाई पाएक पर्ने सेवाहरू चयन गर्नुहोस् ।

यसपश्चात्र तपाईंको नजिकै रहेको फेब बडको डेलिभरी सवारीले तपाईंको अनुरोध स्वीकार गर्नेछ
र तपाईंको पिकअप स्थानबाट पार्सल लिएर सिधा न्यूनतम समयमा डेलिभरी पुर्याउनेछ । यसका साथै यदि डेलिभरीमा केही नगद छ भने, फेब बड सवारले सो रकम संकलन गरेर तपाईंको इसेवा, खल्ती, बैंकलगाएत अन्य विभिन्न सेवाहरुमा एकैदिनमा रकम स्थानान्तरण गर्दछ ।

फेब बडका विशेषताहरुः
१. छिटाे सेवा दिने
२. वास्तविक समय
३. वितरण अनुसूची  हेर्न मिल्ने
४. फेब बड सेवा
५. डेलिभरी समयमा चालकसँग कुराकानी गर्न मिल्ने
६. डेलिभरी लिएको सवारीमा तपाईंको आफ्नै  पृष्ठहरु
७. डेलिभरीमा लागेको समय रेखा हेर्न सकिने
८. यस एप मार्फत प्रत्यक्ष अर्डर गर्न सकिने

GBIME

प्रतिक्रिया दिनुहोस्