Shikhar Insurance

डिसहोममा दशैं स्पेशल शो, सुपरहिट चलचित्र छक्का पञ्जा-४ निःशुल्क हेर्न सकिने

सिंहदरबार संवाददाता
२०८० कार्तिक १, बुधबार १३:२०
NIMB
Nabil Bank

काठमाडौं । वर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्रहरु, डिसहोममा मात्र प्रदर्शन भइरहेको छ । यो चाडबाडको मौसममा डिसहोमले आफ्नो ग्राहकहरुलाई मनोरन्जन प्रदान गर्नका लागि दशैं स्पेशल शो अन्तर्गत सुपरहिट नेपाली चलचित्र छक्का पञ्जा-४ प्रदर्शन गर्दैछ ।

डिसहोमको सबै एक्टिभ ग्राहकहरुले बिना कुनै अतिरिक्त शुल्क प्लस मुभीमा कात्तिक ३ र ४ गते बेलुका ७ बजे यो चलचित्र निःशुल्क हेर्न सक्नुहुनेछ । यस्तै दशैं मुभी फेस्टअन्तर्गत घटस्थापनादेखि रमाइलो टिभी र प्लस मुभीमा दशैभरि नयाँ–नयाँ नेपाली चलचित्र हेर्न सकिने छ ।

Citizen Life
Kumar Bank
Nepal Life

थप जानकारीका लागि हाम्रो ग्राहक सेवा केन्द्रको फोन नं. १६६० ०१ २२०००, ९८०११५५००० वा ०१ ४२१७६६६ मा फोन गर्न सकिनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्