Shikhar Insurance

सुनको मूल्यले नयाँ रेकर्ड कायम, प्रतितोला कति पुग्यो?

सिंहदरबार संवाददाता
२०८० कार्तिक २, बिहीबार ११:२०
NIMB
Nabil Bank

काठमाडौं । कात्तिक २ गते बिहिबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बिहिबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँ बढेसँगै नयाँ रेकर्ड कायम गरेको हो ।

यसअघि गत साउनमा हालसम्मकै उच्च मूल्य कायम भई नयाँ रेकर्ड राखेको थियो । साउनको ४ गते छापावाला सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँ कायम भई नयाँ रकेर्ड कायम भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

उक्त रेकर्डलाई ब्रेक गर्दै बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो । आज छापावाला सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख १३ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबारको दिन अर्थात बुधबार सुनको मूल्य प्रतितोला एक लाख १३ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

त्यस्तै, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १३ हजार १५० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबारको दिन तेजावी सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारचाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर १३ सय ९५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १४ सय १० रुपैयाँ कायम भएको थियो ।

महासंघले अन्तरर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको मूल्य निर्धारण गर्छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्