Shikhar Insurance

पहिलो त्रैमासमा १६ अर्ब ६० करोड विदेशी लगानी प्रतिवद्धता, साढे ८९ करोड रोयल्टी लाभांस लैजान प्रस्ताव

सिंहदरबार संवाददाता
२०८० कार्तिक २, बिहीबार १७:३८
NIMB
Nabil Bank

काठमाडौं । चालु आर्थिक वर्षको असोज महिनासम्ममा करिब १६ अर्ब ६० करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार चालु वर्षको असोज महिनासम्ममा सो बराबर वैदेशिक लगानी प्रतिवद्धता आएको हो ।

असोज महिनामा ४० वटा उद्योगमा १ अर्ब ९८ करोड रुपैयाँ बराबर लगानी आएको छ। यस्तै, सेयर पर्चेज एग्रिमेन्ट(एसएपीए), सेयर सब्स्क्रीप्सन एग्रिमेन्ट (एसएसए) मा १९ वटा उद्योगलाई स्वीकृति दिइएको छ। जुन ३ अर्ब ६७ करोड बराबरको छ।

Citizen Life
Kumar Bank
Nepal Life

असोजमा विदेशी लगानीकर्ताले ४७ वटा उद्योगमा लगानी प्रतिबद्धता जनाएका छन् । असोजसम्म दर्ता भएको विदेशी उद्योगबाट ७ हजार ६७२ जनाले रोजगारी पाउनेछन् ।

त्यस्तै, हालसम्ममा नेपालमा विश्वका विभिन्न मुलुकबाट ६ हजार १० वटा उद्योगमा ४ खर्ब ६६ अर्ब ५७ करोड ३२ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । ती उद्योगमा ३ लाख १६ हजार ७६९ जनाले रोजगारी पाउने अनुमान छ ।

असोजमा ४० वटा उद्योग दर्ता हुँदा एउटा मात्रै ठूलो उद्योगमा लगानी प्रतिबद्धता आएको छ । असोजसम्ममा १५१ वटा उद्योगमध्ये ३ वटा ठूला, ४ वटा मध्यम र १४४ वटा साना उद्योगमा लगानी प्रतिबद्धता आएको छ ।

विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा विदेशी लगानीकर्ताको आकर्षणको क्षेत्र पर्यटन देखिएको छ । विदेशी लगानी प्रतिबद्धता आएकामध्ये ४५ प्रतिशत पर्यटन क्षेत्रमा रहेको छ । जसमा १८ वटा उद्योग पर्यटन क्षेत्रको दर्ता भएको छ ।

त्यसैगरी, ३३ प्रतिशत सेवा क्षेत्रमा (१३ वटा उद्योग दर्ता), सूचना प्रविधि क्षेत्रमा ८  प्रतिशत (३ वटा उद्योग दर्ता), उत्पादन क्षेत्रमा ७ प्रतिशत (३ वटा उद्योग दर्ता), पूर्वाधार क्षेत्रमा ५ प्रतिशत(२ वटा उद्योत दर्ता) र खनिजजन्य क्षेत्रमा एउटा (२ प्रतिशत) लगानी प्रतिबद्धता आएको छ।

विभागले असोजसम्म मात्रै बिजनेस भिसा र एनटी भिसा गरी ११ जनालाई भिसा दिएको छ। विभागअनुसार तीन महिनाको अवधिमा ७८१ जना लगानीकर्ता, ८६ जना प्रतिनिधि र २२६ जनालाई डिपेन्डेन्ट भिसा प्रदान गरेका छन् । त्यसबाहेक एनटीमार्फत् ३७ जनाले भिसा लिएका छन् ।

नेपालमा सञ्चालनमा रहेका उद्योगबाट कमाएको रोयल्टी र लाभांशबापत पहिलो त्रैमासमा ८९ करोड ५९ लाख रुपैयाँ विदेश लैजान प्रस्ताव गरेको छ। गतवर्षको सोहि अवधिमा १ अर्ब ५९ करोड प्रस्ताव गरेको थियो।

GBIME

प्रतिक्रिया दिनुहोस्