Shikhar Insurance

‘आर्थिक समस्या समाधान आयोगले कसैको अधिकार खोस्दैन, मिलेर काम गर्ने हो’

चन्द्र प्रसाद ढकाल
२०८० कार्तिक ३, शुक्रबार १०:४७
NIMB
Nabil Bank

धार्मिकसँगै सांस्कृतिक र आर्थिक महत्व बोकेका हाम्रा यी चाडबाड एक अर्कामा भाइचारा अभिवृद्धि गर्दै शुख शान्ति एवं समृद्धिको कामना गर्ने अवसर पनि हुन् । राम्रो लाउने र मिठो खाने अवसरका रुपमा समेत हेरिने यी चाडबाडलाई उत्साह र उमंगका साथ परिवारसंगै बसेर मनाउन सकिने अवसरको सिर्जना गर्ने प्रयत्नमा हामी लागेका छौं ।

लगानी बढाऔं र स्वदेशमै बढिभन्दा बढी रोजगारी सिर्जना गरौं भनेर महासंघले निरन्तर गरिरहेको पहल यसैका लागि हो । कोही पनि चाडबाडका बेला परिवारबाट टाढा नहोस् । दशैं दशाका रूपमा नभइ उत्साहका रुपमा सबै नेपालीको घरमा भित्रियोस भन्ने हाम्रो चाहना हो ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यसका लागि रोजगारीका पर्याप्त अवसर सिर्जना गरेर गरिबी हटाउनुपर्छ । रोजगारीका लागि लगानी आवश्यक हुन्छ । त्यो लगानी स्वदेशीले मात्र पुग्दैन, विदेशी लगानी पनि चाहिन्छ । त्यसैको खोजीमा अहिले हामी जुटेका छौं ।

पछिल्ला दुई दशैं नेपाली उद्यमी व्यवसायीका लागि त्यति उत्साहजनक रहेनन् । कारण यहाँहरुलाई थाहै छ । मूलतः हाम्रा आफ्नै नीतिका कारण हामी समस्यामा परेका हौं । आजको पावन अवसरमा म विगतलाई कोट्याएर निराश बन्न र
यहाँहरुलाई पनि निराशामा राख्न चाहन्न ।

अबको दिनमा अर्थतन्त्रमा सुधारका केही किरण देखिन थालेका छन् । प्रधानमन्त्रीज्यूले आर्थिक सुधारका लागि उच्चस्तरीय आयोग गठन गर्ने कुरामा गत असोज २५ गते महासंघको कार्यक्रममा प्रतिबद्धता जनाएका छन् । उक्त आयोगले तात्कालीन सुधारका लागि सबैतिर समन्वय र सहकार्य गर्नुका साथै नया पुस्ताको सुधारको खाका बनाउनेछ । यसमा निजी क्षेत्रको प्रतिनिधित्व अनिवार्य रुपमा रहने गरि व्यवस्था गर्नुपर्ने हाम्रो आग्रह हो । हामीले प्रस्ताव गरेको उक्त संयन्त्रले अन्य कुनै निकायको जिम्मेवारी खोस्ने छैन ।

यसमा आवश्यक कर्मचारी सम्बन्धित निकायबाट नै लिन सकिन्छ । अर्थ, उद्योग मन्त्रालय, योजना आयोग एवं नेपाल राष्ट्र बैंकको उच्च नेतृत्व यसमा रहनु आवश्यक हुने हाम्रो सुझाव हो ।

अर्थतन्त्रका वाह्य परिसूचक र तरलताको अवस्थामा सुधार भएको अहिलेको अवस्थामा समन्वयात्मक रुपमा अगाडि बढ्न सकियो भने हामी सुधारको नयाँ चरणमा प्रवेश गर्नेछौं । किनभने अहिले आयात गर्न पर्याप्त संचिति छ । सचितिसँगै चालु खाता र शाेधनान्तर अवस्थामा सकारात्मक रहेको हुँदा विदेशी लगानीकर्तालाई पनि ढुक्क हुने अवस्था छ । रेमिट्यान्सले बजार चलायमान बनाइ राख्ने नै छ ।

बैंक वित्तीय संस्थाहरुसँग करिब ५ खर्ब रुपैयाँ छ । उनीहरु लगानी गर्न तयार छन र हामीले थोरै सुधार गर्यौं भने ब्याजदर पनि कम हुँदै जानेछ । यसले बजारमा माग सिर्जना गर्ने नै छ । तर यसका लागि नीतिगत सुधार र स्थायत्विमा पूर्व शर्त हुन् । उच्चस्तरीय आयोगले त्यसको प्रत्याभूति गर्ने छ । अब हामीले सुधारका लागि ढिलाई गर्नुहुँदैन । विश्वमा विभिन्न युद्धहरुले अनिश्चितता सिर्जना गर्दै गैरहेको छ । हाम्रो युवा उमेर अबको लाभ अबको ३० बर्षमा लिन सकिने छैन । त्यसैले सुधारका लागि सबै मिलेर पहल गराैं ।

हाम्रो भविष्य उज्वल छ । हामी पौरखी छाैं । हामीले गर्न सक्छौं । अब आर्थिक सुधारलाई मूल मन्त्र बनाऊँ । (महासंघले आयोजना गरेको दसैं, तिहार तथा छठ पर्वको शुभकामना कार्यक्रममा अध्यक्ष ढकालले राखेको विचारको सम्पादित अंश)

GBIME

प्रतिक्रिया दिनुहोस्