Shikhar Insurance

सुनको मूल्यले तोड्यो रेकर्डः एक दिनमै प्रतितोला एक हजार ८ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार?

सिंहदरबार संवाददाता
२०८० कार्तिक ३, शुक्रबार ११:५६
NIMB
Nabil Bank

काठमाडौं । कात्तिक ३ गते शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । दसैंको माहोलले शुक्रबार सुनको मूल्यले नयाँ किर्तीमानी कायम गरेको हो।

बिहीबार सुनको मूल्यले हालसम्मकै उच्च मूल्य कायम गरी नयाँ रेकर्ड राखेको थियो । उक्त रेकर्डलाई ब्रेक गर्दै शुक्रबार हालसम्मकै उच्च मूल्य कायम भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

बिहिबार छापावाला सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख १३ हजार ७ सय रुपैयाँ कायम भएको थियो । शुक्रबार प्रतितोला  एक हजार ८ सय रुपैयाँले बढेर १ लाख १५ हजार ५ सय रुपैयाँ कायम भएको छ । जुन हालसम्मकै उच्च मूल्य हो ।

त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य १ लाख १४ हजार ९५० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबारको दिन अर्थात बिहीबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १३ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर एक हजार ४ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो कारोबारको दिन अर्थात बिहीबार चाँदीको मूल्य प्रतितोला एक हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

महासंघले अन्तरर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको मूल्य निर्धारण गर्छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्