Shikhar Insurance

रियलमीको दशैं फोटो कन्टेस्ट सुरु

सिंहदरबार संवाददाता
२०८० कार्तिक ३, शुक्रबार १४:५७
NIMB
Nabil Bank

काठमाडौं । सर्वाधिक लोकप्रिय टेक्नोलोजी ब्रान्ड रियलमीले नेपालीहरुको महान् चाड विजयादशमीको अवसर पारेर दशैँ फोटो कन्टेस्टको सुरुवात गरेको छ । यस फोटो कन्टेस्टमा सहभागी भई विजयीहरुले आकर्षक पुरस्कारहरू जित्ने मौका प्राप्त गर्न सक्नेछन् ।

यस दशैँ फोटो कन्टेस्टमा सहभागी हुनका लागि सर्वप्रथम सहभागीहरूले आफ्नो परिवारसँग दशैँ मनाउँदै गरेको तस्बिर खिचेर रियलमीको फेसबुक पोस्टको कमेन्ट बक्समा सेयर गर्नुपर्नेछ । र साथै, रियलमीको फेसबुक र इन्स्टाग्राम पेजलाई लाइक र फलो पनि गर्नुपर्नेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

सबैभन्दा धेरै कमेन्ट तथा लाइक प्राप्त गर्ने फोटोलाई भाग्यशाली विजेता घोषणा गरिनेछ । कार्तिक २ गतेबाट सुरू भएको यस दशैँ कन्टेस्टमा कात्तिक १३ सम्म सहभागी हुन सकिनेछ । यस दशैँमा रियलमी फोटो कन्टेस्टमा सहभागी भई आकर्षक उपहार जित्ने यो अवसरलाई नगुमाउनुहोस्।

GBIME

प्रतिक्रिया दिनुहोस्