Shikhar Insurance

ओलीको ओरालो यात्रा सुरुभयो, अब बिजोग हुन्छः माधव नेपाल

सिंहदरबार संवाददाता
२०७८ बैशाख ५, आईतवार २१:४२
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एमाले)का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले केपी ओलीको ओरालो यात्रा सुरु भैसकेको बताएका छन् । काभ्रेमा आफु पक्षिय जिल्ला कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै बरिष्ठ नेता नेपालले केपी ओलीको ओरालो यात्रा सुरु भएकाले उनीसँग नडराउन निर्वाचन आयोगलाई आग्रह पनि गरे । ‘ओलीले सबैलाई सिध्याईदिन्छु भन्थे, कर्णालीमा ओली पक्षका नेताले पनि अरुलाई सिध्याईदिन्छु भन्न थालेका थिए, अब उनीहरु आफै सकिएका छन्, उनीहरुको बिजोग हुन्छ’, बरिष्ठ नेता नेपालले भने ।

नेपाल पक्षिय नेताहरुले ओलीको गतिबिधी अबैध भएको भन्दै निर्वाचन आयोगमा पुनः निवेदन दिएका छन् । निर्वाचन आयोगले सत्य र तथ्यका पक्षमा फैसला गर्ने अपेक्षा पनि नेता नेपालले व्यक्त गरे । आयोगले कार्यपालिका प्रमुखको आदेश पालकका रुपमा नभएर सबैंधानिक आयोगका रुपमा आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने पनि नेता नेपालले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले केपी ओली सच्चिएमा अझै पनि पार्टी एकता सम्भव भएको पनि बताए । तर ओलीले आलोचनात्मक चेत भएका नेता तथा कार्यकर्तालाई देखिनसहेको र विदेशीको इसारामा कम्युनिष्ट आन्दोलन मास्न लागिपरेको आरोप पनि नेता नेपालले लगाए ।

GBIME

प्रतिक्रिया दिनुहोस्