Shikhar Insurance

आयात बढ्दा निर्यात घट्यो, ३ महिनामा नेपालको व्यापार घाटा ३  खर्ब ६६ अर्ब  

सिंहदरबार संवाददाता
२०८० कार्तिक १२, आईतवार १६:११
NIMB
Nabil Bank

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो महिनासम्ममा मुलुकले ४ खर्ब ७ अर्ब ७५ करोड ८९ लाख बराबरको माल वस्तुको आयात गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा ४ खर्ब ९९ करोड बराबरको वस्तु आयात भएको छ । गत आवको तेस्रो महिनाको तुलनामा चालु आवको तेस्रो महिनासम्म कूल आयात एक दशमलव ६९ प्रतिशतले बढेको छ।

Citizen Life
Kumar Bank
Nepal Life

भन्सार विभागले आज सार्वजनिक गरेको गत असोज मसान्तसम्मको विवरणअनुसार ३ महिनाको अवधिमा नेपालको निर्यात भने २.२६ प्रतिशतले ओरालो लागेको छ । विभागका अनुसार सो अवधिमा नेपालबाट ४० अर्ब ८७ करोड ४८ लाख बराबरको माल वस्तु निर्यात भएको छ । गत वर्षको तीन महिनाको अवधिमा ४१ अर्ब ८२ करोड बराबरको निर्यात भएको थियो ।

सो अवधिमा नेपालको वैदेशिक व्यापार ४ खर्ब ४८ अर्ब ६३ करोड बराबरको वैदेशिक व्यापार भएको छ । गत वर्षको यही अवधिमा ४ खर्ब ४२ अर्ब ८१ करोड बराबरको वैदेशिक व्यापार भएको थियो ।

विभागका अनुसार असोज मसान्तसम्म नेपालको व्यापार घाटा ३  खर्ब ६६ अर्ब ८८ करोड बराबर रहेको छ । गत वर्षको सोही अवधिमा ३ खर्ब ५९ अर्ब १७ करोड बराबरको व्यापार घाटा भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्