Shikhar Insurance

संकटका सारथि बैंक: जाजरकोट भूकम्प पीडितका लागि दिइसके ५ करोड

सिंहदरबार संवाददाता
२०८० कार्तिक २०, सोमबार २०:५९
NIMB
Nabil Bank

काठमाडौं । जाजरकोट भूकम्प पीडितहरुका लागि बाणिज्य बैंकहरुले ५ करोड रुपैयाँ भन्दा बढी सहयोग गरिसकेका छन् ।

नेपाल बैंकर्स संघले हाल सम्म विभिन्न बाणिज्य बैंकहरुले ५ करोड भन्दा बढी सहयोग गरिसकेको बताएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

संघका अध्यक्ष सुनिल केसिले सहयोगको क्रम जारी रहेको बताए ।

राष्ट्र बैंकले हरेक बैंकहरुले नाफाको १ प्रतिसत रकम सस्थागत सामाजिक उत्तरदायित्वमा खर्च गर्नु पर्ने नियम बनाएको छ ।

त्यस्तो रकम सात प्रदेशमा कम्तिमा १०% का दरले खर्च गर्नु पर्ने नियम छ ।

राष्ट्र बैंकको यो नियमले भने भूकम्प पीडितका लागि सहयोग गर्न असहज भएको संघले जनाएको छ ।

सानिमा बैंकले २५ लाख, एनआईसी एशिया बैंकले ५१ लाख, सिटिजन्स बैंकले २५ लाख, प्राईम कमर्सियल बैंकले २५ लाख ५१ हजार सहयोग दिईसकेका छन् । नबिल बैंकले एक करोड बराबरको राहत सामग्री दिने भनेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्