Shikhar Insurance

कठिन समयमा नेपाली बैंकहरुले प्रशंसनीय काम गरे : गभर्नर अधिकारी

सिंहदरबार संवाददाता
२०८० कार्तिक २३, बिहीबार १६:०५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाली बैंकहरुले अर्थतन्त्रको पुनर्स्थापनामा प्रशंसनीय काम गरेको बताएका छन् । नेपाल बैंकर एशोसियसनले काठमाडौंमा आयोजना गरेको एशियन बैंकर एशोसियसनको ३९औं एबीए कन्फ्रेन्समा बोल्दै गभर्नर अधिकारीले उक्त कुरा बताएका हुन् ।

कन्फ्रेन्समा बोल्दै अधिकारीले भने ‘कोरोना भाइरस महामारी देखि नै बैंकिङ व्यवसाय प्रभावित भइरहेको समयमा रसिया युक्रेन वारको कारण आएको मन्दी तथा उच्च ब्याजदरले कर्जाको मागमा प्रभाव पारेको समयमा नेपाली बैंकहरुले अर्थतन्त्रको पुनर्स्थापनामा प्रशंसनीय काम गरेका छन्’ ।

Citizen Life
Kumar Bank
Nepal Life

‘केही समयअघिको रसिया युक्रेन युद्धको कारण विश्व अर्थतन्त्र नै प्रभावित हुँदा नेपाल पनि यसको प्रभाव पर्‍यो, कोभिडपछि विश्व बैंकिङ नै चुनौतीपूर्ण बन्दै जानु र पछिल्लो समय इजरायल र हमासको युद्धको प्रभाव  विश्व अर्थतन्त्रमा  पर्दा  नेपालका बैंकमा थप एनपीएल बढ्यो तर यस्तो समस्यामा विश्वका अन्य देशहरुमा एनपीएल ५ प्रतिशतमाथि हुँदा नेपालको ३ प्रतिशतको हाराहारीमा हुनु भनेको धेरै होइन’, उनले भने ।

गभर्नर अधिकारीले भूकम्पपछि लगातार ८ प्रतिशत नजिकको आर्थिक वृद्धिदर हासिल भएकामा कोभिडपछि अर्थतन्त्र प्रभावित बनेको बताए ।

उनले भने नेपालको जलविद्युतमा लगानीको ठूलो सम्भावना रहेको बताए । ‘नेपालले २०४५ सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य लिएको छ भने भारतले पनि आफ्नो लक्ष्य लिएर अगाडि बढेको छ, यस्तोमा नेपालको जलविद्युतमा बजार राम्रो छ’, उनले भने, ।

नेपाल बैंकर संघले नेपालमै पहिलोपटक आयोजना गरेको एशियन बैंकर एशोसियसनको बैकिङ कन्फ्रेन्स कर्तिक २३ र २४ गते दुई दिनसम्म चल्ने छ । यो कन्फ्रेन्समा २७ देशका ७० भन्दा धेरै बैंकका सिइओहरुको सहभागिता रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्