Shikhar Insurance

आफैं आत्तिँदै उपभोक्तालाई सचेत बनाउँदै ग्यास व्यवसायी, समस्या छैनः निगम

सिंहदरबार संवाददाता
२०७८ बैशाख १०, शुक्रबार २१:०४
NIMB
Nabil Bank

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग सङ्घले खाली रहेका सिलिण्डर भर्न उपभोक्तालाई आग्रह गरेको छ । सङ्घले कोरोना महामारीका कारण आपूर्ति व्यवस्थामा असहज स्थिति आउन सक्ने भन्दै यस्तो आग्रह गरेको हो ।

महामारीको समयमा उपभोक्ताले ग्यासको अभाव भोग्नु नपरोस् भनेर पहिलेनै सूचित गराइएको सङ्घले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

छिमेकी देश भारतमा कोरोनाको दोस्रो लहर व्यापक छ । नेपालमा पनि दैनिक २५ सयभन्दा बढी संक्रमित हुन थालेका छन् । यही परिेवेशलाई मध्यनजर राख्ने नेपाल आयल निगमले भण्डारण क्षमताअनुसार मौज्दात राख्न ग्यास उद्योगीलाई पत्र लेखेको थियो ।

संक्रमितको दर बढे अत्यावश्यक वस्तुको पनि अभाग हुने डरका माझ ग्यासको पनि अभाव हुन नदिन सचेत गराउँदै निगमले यस्तो पत्राचार गरेको प्रवक्ता विनीतमणी उपाध्यायले सिंहदरबारलाई जानकारी दिए । उनले भने, “ग्यास अन्य पेट्रोलियम पदार्थजस्तो हैन, खरिद गर्न सीमाभन्दा टाढाको डिपोमा पुग्नुपर्छ । भारतमा दैनिक ३ लाख संक्रमित हुन थालेका छन्, यसले ढुवानी समस्या हुन्छ कि भनेर व्यवसायीलाई सचेत रहन भनेका थियौं । उहाँहरूले पनि उपभोक्तालाई सचेत गराउने सूचना निकाल्नु भएछ ।” तर, ग्यासको आयातमा कुनै समस्या नरहेको जिकिर उनले गरे ।

गतवर्ष कोरोना भाइरस नियन्त्रण गर्न सरकारले लकडाउन गरेसँगै ग्यासको सामान्य समस्या भएको थियो, जसलाई निगमले समाधान गरेको थियो । अहिले पहिलाको जस्तो स्थिति नभएको उपाध्यायको भनाइ छ र

नेपालमा दैनिक एक लाख सिलिण्डर ग्यासको माग छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्