Shikhar Insurance

एनआरएन युरोप क्षेत्रीय संयोजकमा यसकारण मेरो उम्मेदवारी : कृष्ण तिमिल्सिना

सिंहदरबार संवाददाता
२०७८ भाद्र १३, आईतवार १९:२०
NIMB
Nabil Bank

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) को युरोप क्षेत्रीय संयोजकमा कृष्ण तिमल्सिनाले उम्मेदवारी घोषणा गरेका छन् । आगामी अक्टोबरमा हुने १० औं महाधिवेशनका लागि युरोप क्षेत्रीय संयोजक पदमा उनले उम्मेदवारी दिएका हुन् ।

अहिले उनी एनआरएनए युरोप क्षेत्रको उपसंयोजक छन् । तिमल्सिना नवौं महाधिवेशनमा लोकप्रिय मतका साथ युरोप क्षेत्रीय उपसंयोजकमा निर्वाचित भएका थिए । सन् २००७ देखि एनआरएनमा आवद्ध भएका बेलायत निवासी तिमल्सिना (२०१५–२०१७) सम्म एनआरएन केन्द्रीय सदस्य थिए । त्यसेवला संघको अल्पकालीन तथा दीर्घकालीन योजना तर्जुमा गर्ने समिति र लगानी प्रबर्धनसम्बन्धी समितिको समेत जिम्मेवारी उनले निर्बाह गरेका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

गैरआवासीय नेपाली संघ बेलायतको सल्लाहकारको रुपमा रहिसकेका उनी त्यसअघि बेलायत गैरआवासीय नेपाली संघको कार्यसमिति सदस्य तथा उपाध्यक्षको भूमिकामा थिए । पुख्र्यौली घर धादिङ धुवाँकोट भएका तिमल्सिनाको नेपालमा विभिन्न व्यवसायमा लगानी छ ।

यूरोप संयोजकमा उम्मेदवारी

एनआरएनए अभियानमा लामो समय देखि सकृय तिमिल्सिना यूरोप संयोजकको उम्मेवादरीलाई काम गर्ने स्थानको खोजीको रुपमा मान्छन् । यूरोपमा उपसंयोजक भएर बटुलेको अनुभवलाई संयोजक भएर संस्थामा केही गरौं भन्ने भावना आएको उनको भनाई छ । सामाजिक सेवा गर्ने सिधै ठूलो पदमा गईहाल्नु पर्छ भन्ने नभई स्वभाविक जाने भनेकै पद युरोप संयोजक भएको उनले बताए ।

एनआरएनए अभियानमा योगदान

एनआरएनए यूकेको साधारण सदस्यबाट यो अभियानमा जोडिएका उनी उपाध्यक्ष हुदैं आइसीसी सदस्य, एनआरएनए यूकेको अध्यक्षको प्रत्यासी हुँदै युरोप उपसंयोजको जिम्मेवारीसम आईपुगेका हुन् । यो बीचमा थुप्रै सामाजिक काम गर्ने अवसर पाएका उनले व्यक्गित भन्दा नी संस्थाले के ग¥यो भन्ने महत्वपूर्ण कुरा भएको बताउँछन् । यूरोप उपसंयोजक भएको बेलामा नेपाल र नेपाल बाहिररहेका नेपालीहरुका लागि लगानी, परोपकारी, संस्थागत तथा सामाजिक क्षेत्रमा धेरै काम भएको उनको दाबी छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्