Shikhar Insurance

एक महिनाभित्र मर्जर सक्ने प्रतिवद्धता सहित राष्ट्र बैंक पुगे हिमालयन र इन्भेष्टमेण्ट बैंक

सिंहदरबार संवाददाता
२०७८ मंसिर १९, आईतवार १६:०५
NIMB
Nabil Bank

काठमाडौं । ‘मर्जरलाई एक महिना भित्रै मूर्त रुप दिन्छु’ भन्दै हिमालयन र इन्भेष्टमेण्ट बैंक नेपाल राष्ट्र बैंक पुगेका छन् । केन्द्रीय बैंकले दिएको डेडलाइन समाप्त भएपछि यी बैंकको संयुक्त मर्जर कमिटी राष्ट्र बैंकमा समय थपको आग्रह गर्दै पुगेका हुन् ।

आपसमा मर्जरको प्रारम्भिक सहमती गरी राष्ट्र बैंक पुगेका यी बैंकले जेठ २० गतेनै सैद्धान्तिक स्वीकृत समेत पाइसकेको थिए । मर्जर नीतिअनुसार राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृत दिएको ३ महिनाभित्रै एकीकृत कारोबारका लागि अन्तिम स्वीकृत लिनुपर्ने हुन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

तर, यी बैंकहरुले सैद्धान्तिक स्वीकृत दिएको ३ महिनासम्म आवश्यक प्रक्रिया पुरा गर्न नसकेको भन्दै अन्तिम मौका दिन राष्ट्र बैंकमा आग्रह गरेपछि गत असोज १९ गते ३ महिनाका लागि समय थप भएको थियो ।

तर, दिएको समयमा मर्जरलाई अन्तिम रुप दिन नसकेपछि राष्ट्र बैंकमा सयम थप गर्न आग्रह गरिएको हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक राणाले सिंहदरबारलाई जानकारी दिए ।

‘मर्जर भाँडिएको छैन, यो प्रक्रियामै छ, दिएको समयमा आवश्यक काम पूरा गर्न केही समस्या भयो,’ सीईओ राणाले सिंहदरबारसँग भने, ‘समथ थप गरिदिन राष्ट्र बैंकलाई निवेदन पठाइसकेका छौँ, १ महिनाको लागि समय थप हुन सक्ने सम्भावना छ ।’

यता, राष्ट्र बैंकले भने अन्तिम मौका भनेर दिएको ३ महिनाको समयमा प्रक्रिया पूरा नहुनको कारण देखाउन मर्जर कमिटीलाई भनिरहेको छ । मर्जरलाई मूर्त रुप दिनलाई बैंकले मनासीव कारण र आधारहरु पेश गरेमा मात्र आवश्यकता हेरी समय थप गरिने राष्ट्र बैंकका प्रवत्ता देव कुमार ढकालले बताए ।

‘यसअघि नै ३ महिना समय थप दिएका थियौं, त्यसमा उहाँहरुले तदारुकता देखाउनु भएन । यसको कारण र अब मर्जरलाई मूर्तरुप दिन बनाइएको योजना पेश गर्नु भएमा त्यसमा मनासीव लागेमा आवश्यक समय थप हुन्छ,’ प्रवत्ता ढकालले भने ।

हिमालयन र इन्भेष्टमेण्ट बैंकको मर्जर ‘डेडलाइन’ सकियो, मिलाएरै छाड्ने राष्ट्र बैंकको कसरत

GBIME

प्रतिक्रिया दिनुहोस्