Shikhar Insurance

जब ३५ हजार फिट माथि उडिरहेको प्लेनको अघिल्लो भागको सिसा फुट्यो…

सिंहदरबार संवाददाता
२०७८ पुष १४, बुधबार १२:४५
NIMB
Nabil Bank

काठमाडौं । प्लेनको अघिल्लो भागको सिसा यति मजबुद हुन्छ कि त्यो फुट्न असम्भवप्रायः छ । २ इन्च बाक्लो सो सिसा (वाइन्डस्क्रिन) बुलेटप्रुफ बराबरको हुन्छ ।

तीब्र गति, उच्च दबाब पनि झेल्ने गरेको सो सिता हत्तपत्त फुट्दैन । फुट्यो भने दुर्घटना निम्तने सम्भावना अत्यधिक हुन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

प्लेनको वाइन्ड स्क्रिन फुट्ने घटनालाई वान इन मिलियन (दशलाखमा एक) मानिन्छ ।

यो घटना लन्डनबाट कोस्टारिका उडेको प्लेनमा भएको छ । क्रिसमस मनाउन सान जोसे उडेको बेलायतको ब्रिटिस एयरवेजको प्लेन ३५ हजार फिट माथिबाट उडिरहेको थियो । बिमानमा २ सय यात्रु सवार थिए ।

बोइङ ७७७ को सिसा झर्यापझिरिप्प भयो । तर, बिमानका सबै यात्रु सकुसल रहे ।

के भएको थियो खासमा ?
प्लेनको अघिल्लो भागको सिसामा एउटा बरफको ढिक्का खसेको थियो । जुन सो प्लेनभन्दा १ हजार फिट माथि उडिरहेको अर्को प्लेनबाट झरेको सञ्चारमाध्यमहरूले बताएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्