Shikhar Insurance

शोधनान्तर स्थिति २२ अर्ब ६३ करोड र चालु खाता १६ अर्ब २६ करोड रुपैयाँले घाटामा

सिंहदरबार संवाददाता
२०७९ भाद्र ३०, बिहीबार १८:१९
NIMB
Nabil Bank

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा शोधनान्तर स्थिति २२ अर्ब ६३ करोड रुपैयाँ घाटामा रहेको छ । देशमा भित्रिने र बाहिरीने मुद्राको अन्तरमा सन्तुलन नहुँदा शोधनान्तर घाटा बढेको हो ।

राष्ट्र बैंकद्वारा सार्वजनिक देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांकअनुसार अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३८ अर्ब ७५ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३२ करोड ५५ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १७ करोड ७७ लाखले घाटामा रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यस्तै, समीक्षा अवधिमा चालु खाता १६ अर्ब २६ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४७ अर्ब २९ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३९ करोड ७४ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १२ करोड ७७ लाखले घाटामा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १७.७ प्रतिशतले वृद्धि भई ८० करोड ३ लाख रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ४० करोड रुपैयाँले ऋणात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ६७ करोड ९७ लाख रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी ४८ करोड ६ लाख रुपैयाँ रहेको थियो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्